• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सडक र सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी नगर्न नेकपाको निर्देशन





नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ)ले पार्टी केन्द्रमा देखिएको विवादलाई लिएर सडक र सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी नगर्न सम्पूर्ण पार्टी सदस्यहरुलाई निर्देशन दिएको छ । नेकपा दाङको शनिवार बसेको कार्यालय बैठकले यस्तो निर्देशन दिएको हो ।

‘हाम्रो पार्टीको केन्द्रीइ तहमा देखिएका कतिपय विवादले हाम्रो पार्टी पंक्ति र जनसमुदायमा निराशा उत्पन्न गरेको छ ।

संसारकै कम्युनिष्ट आन्दोलनमा मा नयाँ सन्देश दिन सफल भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध बनाउन, लेनिनवादी संगठन सिद्धान्तका आधारमा पार्टी सञ्चालन गर्न नेतृत्व तहलाई हार्दिक अनुरोध गरिएको छ’– बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– ‘पार्टी केन्द्रमा देखिएको मतमतान्तरलाई लिएर पार्टीका केही जिम्मेवार व्यक्तिहरुबाट नेतृत्वलाई आक्षेप लगाउने र सामाजिक सञ्जालहरुमा गाली गलौज गर्ने कार्य भइरहेको छ । यस्ता गतिबिधिले अन्ततः पार्टीलाई नै कमजोर बनाउने हुँदा सडक तथा सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी सार्वजनिक गर्न, नगराउन हाम्रो पार्टीका सम्पूर्ण सदस्यहरमा बिशेष निर्देशन गरिएको छ ।’

बैठकले कोरोनाको महामारीबाट जनतालाई सुरक्षित गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मी, सुरक्षार्मी, जनप्रतिनिधि एवं सम्पूर्ण राजनीतिकर्मीहरुमा बैठकले धन्यवाद दिनेलगायतका निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा अध्यक्ष खड्का र सचिव तुलसीराम पुन ‘सुवास’ले हस्ताक्षर गर्नुभएको छ ।

Facebook Comments