• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गजलः काँडे तारभित्र





उम्किन कठिन हुन्छ काँडे तार भित्र
बुझ्नु हानी नोक्सानी छ प्यार भित्र

स साना जनावर त्यहा बस्न मिल्दैन
त्यहा सिंह बस्छन् सिंहदरबार भित्र।

अफ्ठ्यारोमा हेर्छ तर चिनजान छैन
घात गर्नेहरू रहेछन नातेदार भित्र

देशको चिन्ता गर्नेहरु खाडीमा छन
देश बिगार्ने बस्छन् बालुवाटार भित्र

स्तर औकात बराबर बनाउन सकेन
र म अट्न सकेन तिम्रो बिचार भित्र

समय देखाउछ तिम्रो कुरुप अनुहार
आज सम्म बसेका छौ श्रृङ्गार भित्र

Facebook Comments