• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सशस्त्र प्रहरीमा आठ वटा सीमा सुरक्षा गण बनाउने तयारी, सशस्त्रलाई अब सीमा सुरक्षामा केन्द्रित गरिने





सरकारले सशस्त्र प्रहरी बलका २९ वटा गुल्म खारेज गरी आठवटा सीमा सुरक्षा गण बनाउने निर्णय गरेको छ । भन्सार तथा औद्योगिक सुरक्षामा खटिएका जनशक्तिलाई सीमा सुरक्षामा केन्द्रित गर्ने योजनाअनुसार सशस्त्र प्रहरीको नयाँ जनशक्ति संरचना तयार गरिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सर्वेक्षणअनुसार सशस्त्र प्रहरीले जनशक्ति पुनर्संरचनाको तयारी अघि बढाएको छ । गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको नेतृत्वमा तयार गरिएको ओएन्डएम सर्वेक्षण स्वीकृत भएको हो । भन्सार तथा औद्योगिक सुरक्षाका लागि सशस्त्रको गुल्म अनावश्यक भएको निष्कर्षसहित २९ गुल्म हटाएर त्यहाँ कार्यरत प्रहरीलाई सीमामा खटाउने प्रक्रिया अघि बढाइएको छ ।

गुल्ममा कार्यरत जनशक्तिलाई नयाँ गणमा समायोजन गर्न लागिएको छ । यसअघि सम्बन्धित जिल्लाका गणमातहत बोर्डर आउट पोस्ट ९बिओपी०मा परिचालन हुन्थ्यो । अब सीमा हेर्न विशिष्टीकृत गणहरू बन्नेछन् । एउटा गणले करिब तीनवटासम्म जिल्लाका बिओपीहरू हेर्नेछन् । गुल्मका चार हजार ६ सय ४० जनशक्तिलाई आठवटा गणमा सार्न लागिएको छ । नयाँ जनशक्ति तत्काल थप नहुने भएकाले अहिलेकै जनशक्तिको जिम्मेवारी हेरफेर गरी सीमामा दोब्बर बनाउन लागिएको छ ।

सशस्त्र प्रहरीलाई धेरै प्रकारको जिम्मेवारी दिँदा प्रभावकारी हुन नसकेको भन्दै सीमामा केन्द्रित गर्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । यसअनुसार आठवटा जिल्लामा सशस्त्र प्रहरीका दुईवटा गण हुनेछन् । दुई निकायलाई प्रस्ट जिम्मेवारी नहुँदा काममा डुप्लिकेसन हुने र समन्वयमा समस्या हुन सक्ने सशस्त्र प्रहरीका एक उच्च अधिकारी बताउँछन् ।

नयाँ संरचनाअनुसार अब सीमाक्षेत्रमा सशस्त्र प्रहरीको बिओपीको संंख्या दुई सय २१ पुग्नेछ । हाल एक सय ३० छ । गत २६ मंसिरकै मन्त्रिपरिषद् बैठकले एक सय १४ वटा बिओपी थप्ने नीतिगत निर्णय गरिसके पनि कार्यान्वयन भएको थिएन ।

सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सशस्त्रको करिब पाँच हजार जनशक्ति मात्र सीमा सुरक्षामा खटिएको छ । उसको कुल जनशक्ति ३७ हजार छ । सीमामा सुरक्षा बढाउन उसले नौ हजारभन्दा धेरै दरबन्दी थपको प्रस्ताव गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Facebook Comments