• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाँके बर्दियालाई कर्णालीमा गाभ्ने तयारीप्रति थारु समुदायको गम्भीर आपत्ति





बाँके बर्दियालाई कर्णालीमा प्रदेशमा गाभ्न दबाब दिने उद्देश्यले स्थानीय तहले गरिरहेका निर्णयप्रति थरुहट थारुवान राष्ट्रिय मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।


मोर्चाका संयोजक लक्ष्मण थारुले विज्ञप्ति जारी गरी यस्तो आपत्ति जनाउनुभएको हो ।


प्रस्तुत छ विज्ञप्तिको पूर्ण पाठः


बाँके जिल्लाको कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले “बर्दिया र बाँके” जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने निर्णयप्रति थरुहट थारुवान राष्ट्रिय मोर्चाको गम्भिर ध्यानाकर्षण भएको छ ।

राज्यको पुनरसंरचना गर्दा प्रदेशको नामाड्ढन तथा सीमाड्ढकन पहिचान र सामाथ्र्यका आधारहलाई टेकेर बन्नु पर्ने अवस्थामा जनभावना विपरित सत्ता, पद, कुर्सीका लागि पल्केका पहिचान विरोधी केही शासक नेताहरुको स्वार्थ अनुकूल सात प्रदेश लादिएको अवस्थामा यसको विरोध गर्दै मोर्चा निरन्तर संघर्षरत् रहेकै बेला पहिचान विरोधी तत्वहरुलाई पृष्ठपोषण गर्दै कोहलपुर नगरपालिकाको नगरसभाबाट बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा राख्ने निर्णयप्रति घोरआपत्ति व्यक्त गर्दै भत्र्सना गर्न चाहन्छौं ।

ऐतिहासिक जातीय एवं सांस्कृतिक पहिचानका आधारमा प्रदेशको नामाड्ढन एवं सीमाङ्कन हुनुपर्नेमा फेरी पनि गण्डकी, वागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम जस्ता पहिचान विरोधी प्रदेशको नामाड्ढरण गरिदै छ । थरुहट तराई भूगोललाई खण्डित गरी जनसंख्याको हिसाबले आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, दलित शिल्पी, सीमान्तकृत, अल्पसंख्यक आदि उत्पीडन र विभेदमा पारिएका जाति, वर्ग लिङ क्षेत्रलाई अल्पमतमा पारी सत्तामा उनीहरुको प्रतिनिधित्व पुग्नै नसक्नेगरी राज्को पुनर्संरचना गरिएको अवस्था छ ।

यस किसिमको पहिचान र अधिकार विरोधी राज्य पुनर्संरचनाको नामाड्ढन तथा सीमाड्ढकनलाई हामीले किमार्थ पनि स्वीकार्ने पक्षमा छैनौं ।

राज्यपुनर्संरचना गर्दा पहिचान सहित (१०+१) एघार प्रदेश बन्नुपर्दछ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । फेरी पनि पहिचान विरोधी तत्वहरुले राजधानीका नाममा सौदाबाजी गरेझै बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नको लागि सल्बलाई रहेका छन् । थरुहट तराईको यी भूगोल कुनैपनि हालतमा कर्णाली प्रदेशमा गाभ्नु हुनुहुँदैन भन्ने हाम्रो स्पष्ट धारणा र अडान सहित ती तत्वहरुलाई खबरदारी गर्न चाहन्छौं ।

यही माग र धारणा अनुरुप कोहलपुर नगरसभालाई अविलम्ब पहिचान तथा जनविरोधी निर्णय सच्याउन जोरदार माग गर्दछौं । कोहलपुर नगरसभाले निर्णय नसच्याए कडा प्रतिपादको सामना गर्न चुनौती दिन चाहन्छौं । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी कोहलपुर नगरपालीका रहने यसै विज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं ।

Facebook Comments