• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यार्सागुम्बा अब विश्वकै संवेदनशील जडीबुटीको सूचिमा





अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले बहुमूल्य जडीबुटी यार्चागुम्बुलाई संवेदनशील (जोखिम–उन्मुख) प्रजातिको सूचीमा समेटेको छ ।

१५ वर्षयता अत्यधिक संकलनका कारण यार्चा उत्पादनमा ३० प्रतिशतले ह्रास आएको भन्दै आईयूसीएनका वैज्ञानिकले संवेदनशील सूचीमा राखेका हुन् ।
नेपाल आईयूसीएनको सदस्य मुलुक भएकाले उसले दिएको चेतावनीलाई नीति–निर्माण तहमा कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

यसै साता आईयूसीएनले विभिन्न प्रजातिको रेड लिस्ट (रातो किताब) प्रकाशित गर्दै यार्चागुम्बुलाई संवेदनशील सूचीमा राखेको हो ।

आईयूसीएनको एसएससी फंगल कन्जर्भेसन कमिटीका अध्यक्ष प्राध्यापक ग्रेगोरी मुएलरले भनेका छन्– ‘अत्यधिक संकलनका कारण यार्चालगायत प्रजातिमध्ये संवेदनशील अवस्थामा पुगेको यो नै अहिलेसम्म रेकर्ड भएको केस हो ।’

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रसहित गण्डकी प्रदेशका जिल्लाहरूमा यार्चा बढी पाइन्छ । यस वर्ष कोरोना संक्रमणको त्रासले नेपालभरि नै यार्चा संकलनमा रोक लगाइएको छ । विगतमा हरेक वर्ष यार्चा संकलन हुने गरेको थियो । अन्य मुलुकमा भने वर्ष बिराएर यार्चा संकलन गरिन्छ ।


नेपालको अधिकांश यार्चा चिनियाँ बजार र सिंगापुरमा खपत हुने गर्छ । प्रतिकिलो ४० लाखसम्म पुगेको यार्चाको मूल्यमा केही वर्षयता भने गिरावट आएको व्यवसायी बताउँछन् । सरकारले प्रतिकिलो यार्चामा ३० हजार रुपैयाँ राजस्व तोकेको छ ।


आईयूसीएनले यार्चासहित १३ हजार ८ सय ९९ प्रजातिलाई संवेदनशील सूचीमा राखेको छ भने ६ हजार ८ सय ११ प्रजातिलाई अत्यधिक लोपोन्मुख, ११ हजार ८ सय ९८ प्रजातिलाई लोपोन्मुख, ७ हजार २ सय ११ प्रजातिलाई संकटापन्न, ७७ प्रजातिलाई प्राकृतिक वासस्थानबाट हराएको र ८ सय ८२ प्रजाति लुप्त भइसकेको उल्लेख गरेको छ ।

Facebook Comments