• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा प्रहरी प्रमुखले कार्यकक्षमै समाते घुस दिन खोज्ने दुइ व्यक्ति





दाङमा प्रहरी कार्यालय भित्रै पुगेर प्रहरीलाई लागु औषध मुद्दा मिलाइदिन भन्दै घुस रकम दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।

लागु औषध ब्राउन सुगर मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्धा मिलाई दिन भन्दै एक लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उहाँकै कार्य कक्षमा भेट गरी खत्रीको लागु औषध मुद्दा मिलाइदिन भन्दै जबरजस्ती रकम दिन खोजेपछि उहाँले दुबै जनालाई नियन्त्रणमा लिनुभएको हो ।


पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १८ सुपैलाखुटीका २७ बर्षिय गोविन्द शाह र प्युठान स्वर्गद्धारी नगरपालिका ५ भिंग्री स्थायी ठेगाना भई हाल लमही नगरपालिका ५ लमही बजार बस्ने ३० बर्षिय समिर भण्डारी रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।

Facebook Comments