• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविता: फेरिएका विचार र चरित्र




तिमीले उन्मुक्ति रोज्याै
मृत्यु रोज्ने त
ओखरघारीको पाखोमा उहिले
लहरै गाडिएका
चिहानघाटमै छ

तिम्रो चरित्र फेरिए पनि
तिम्रो विचार बदलिए पनि
ऊ त उहीँ विचार र चरित्रसंगै
काफलघारीको पाखोमा
गाडिएको अवस्थामा
अझै कङ्कालसंगै छ

जुन विचार बोकेर तिमीले
आगोमा होमिन सिकायाै
तिमीले त्यो विचार छोड्छाै भन्ने
थाहा पाएन उसले
सोचेन , उसले सोच्दै सोचेन
ऊ मर्नु पर्ने कारण अब छैन
उसलाई सिकाउनेले गुमनाम बनायो

तिमीले सोफामा हास्ने र रमाउने माैका पायाै
उसले थाङ्ने चटाइमा सुतेर रुन पाएन
आसुमा पनि भिन्नता
तिमीमा खुशीको अश्रुधारा
उसका सन्तानहरुमा दुखको बलिन्द्रधारा

भोक लाग्दा मात्र क्रान्ति, जनआन्दोलन
अघाएपछि
सहरमा झण्डा बोक्दा
सडकमा ढलेका रक्ताम्मे छाति र
प्रहरी चाैकीको सिलिङमा
छर्किएका रगतका टाटाहरु
स्मृतिबाट हराए , बिर्सिए

दिशा बदलेर आउँछ हुरी
खडेरीको जङ्गल जलाएर आउँछ
चिहानका लास उठाएर आउँछ
दरबार, घरटहरा, हरियावृक्ष ढलाएर आउछ
हुरी चलिरहन्छ

Facebook Comments