• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रलेसको राष्ट्रिय परिषद् बैठकः एमसिसी यथास्थितिमा पारित गरिनुहुन्न





प्रगतिशील लेखक संघको राष्ट्रिय परिषद् बैठकले एमसिसीलाई आइपिएसको अङ्गभनी अमेरिकी दस्तावेजमा उल्लेख भएको र सोही कुरा पुष्टि गर्ने वक्तव्य पनि आएको तथात्यसमा राष्ट्रलाई घात गर्ने कतिपय प्रावधानहरू रहेकाले त्यसलाई यथास्थितिमा कुनै पनि हालतमा पारित गर्न नहुने ठहर गरेको छ ।

प्रगतिशील लेखक सङ्घ, नेपालको २०७७ असार २७ गते सम्पन्न राष्ट्रिय परिषद् बैठकबाट पारित निम्न प्रस्तावहरू:

(१) नेपाल सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको रसोहीअनुसार नेपालको संविधानमा निसानाछाप समावेश गर्न विधेयक प्रस्तुत गरेबमोजिमसंसदका दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भएकोमा प्रलेसको राष्ट्रिय परिषद्को यो बैठक सहर्ष सरकार तथा संसद्का दुवै सदनका सदस्यका साथै यस निम्ति विशेष पहल गर्नेअभियन्ता तथा जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

(२) राज्यव्यवस्था समितिबाट पारित भईसरकारद्वारा संसदमा प्रस्तुत भएको नागरिकतासम्बन्धी विधेयकको प्रलेस राष्ट्रिय परिषद्कोयो बैठक हार्दिक स्वागत गर्दछ र सदनबाट यथाशीघ्र पारित हुने विश्वासका साथ त्यसको पक्षमा ऐक्यबद्धता जाहेर गर्दछ ।

(३) एमसिसीलाई आइपिएसको अङ्गभनी अमेरिकी दस्तावेजमा उल्लेख भएको र सोही कुरा पुष्टि गर्ने वक्तव्य पनि आएको तथात्यसमा राष्ट्रलाई घात गर्ने कतिपय प्रावधानहरू रहेकाले त्यसलाई यथास्थितिमा कुनै पनिहालतमा पारित गरिनु हुन्न भनी यो बैठक ठहर गर्दछ ।

(४) भारतीय केही सञ्चार माध्यमले नेपालको राष्ट्रियता, नेपालका सम्माननीय प्रधानमन्त्री तथा नेपालका लागि चिनियाँ राजदूतका विषयमा कूटनैतिकमर्यादा विपरीत दुराशयपूर्ण, भ्रमात्मक र कपोलकल्पित समाचार प्रचार प्रसार गरेकामायो बैठक घोर भत्र्सना गर्दछ र यस प्रकारको गतिविधि तुरुन्त बन्द गरी मर्यादित व्यवहारगर्न आग्रह गर्दछ ।

(५) विचार अभिव्यक्तिका कारणराज्यबाट कुनै पनि स्रष्टा लेखकलाई पक्रने, थुन्ने र यातना दिने काम नगरियोस् र निर्बाधरूपमा विचार प्रवाह गर्न पाउने वातावरण सिर्जना गरियोस् भन्दै विचार अभिव्यक्तिका कारणकुनै पनि स्रष्टालाई थुनामा राखिएको छ भने तुरुन्त रिहा गरियोस् भनी राष्ट्रियपरिषद्को यो बैठक सरकारसमक्ष माग गर्दछ ।

(६) कोभिड–१९ बाट ज्यान गुमाउनेसमस्त नेपाली दाजुभाइ, दिदीबहिनीप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र यसमहामारीको सङ्क्रमणमा पर्नुभएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामनागर्दछ ।

कोरोनाको नियन्त्रणका लागि सरकारले चालेका पाइलामा राष्ट्रिय परिषद्को योबैठक ऐक्यबद्धता जनाउँछ र कोरोनाका असरबाटजनसमुदायलाई जोगाउन तथा समाजमा निराशा आउन नदिन सिर्जनात्मक क्षमताको अधिकतमसदुपयोग गर्न सम्पूर्ण स्रष्टालेखकहरूलाई आह्वान गर्दछ ।

साथै कोभिड–१९ कोसङ्क्रमणमा पर्नुभएका तथा यसका कारण समस्याग्रस्त हुनुभएका कलमजीवी लेखकहरूलेभोग्नुपरेका समस्यातर्फ पनि यो बैठक सरकारको ध्यानाकर्षण गराउँछ र समस्यामा पर्नुभएका कलमजीवी लेखककानिम्ति विशेष सहयोगको माग गर्दछ ।

(७) हालै आएको बाढीपहिरोमापरी ज्यान गुमाउनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीप्रति पनि बैठक हार्दिकश्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस प्राकृतिकप्रकोपबाट पीडितको उद्धार, राहत र स्वास्थ्योपचारको समयमै यथोचित व्यवस्था गर्नसरकारसँग माग गर्दै मानवीय सेवाको यस कार्यमा आआफ्नो ठाउँबाट सहयोगमा जुट्नप्रलेस परिवारका सबै सदस्यलाई बैठक आह्वान गर्दछ ।

(८) विश्व साम्राज्यवादको रणनीति नैनाफा आर्जन गर्न, बढीभन्दा बढी प्रकृतिको दोहन गर्नेतर्फ रह्यो । बढीभन्दा बढी कार्बनउत्सर्जनले गर्दा ग्लोबल वार्मिङ बढ्दै गइरहेको अवस्था छ । ओजन लेयर पातलो हुँदै गइरहेकोछ । वातावरणीय क्षेत्रमा खेलवाड गरिँदा कोभिड–१९ जस्ता भाइरसहरूका लागि अनुकूल वातावरणतयार भयो तथा भविष्यमा अझ खतरनाक भाइरसको उत्पत्ति नहोला भन्न सकिन्न । परिणाम यो भयोकि आज सिङ्गो मानवजाति यस प्रकारको डरलाग्दो भाइरसका विरुद्ध सङ्घर्ष गरिरहनुपरेकोछ । प्रलेस, विश्वका वर्तमान चुनौतीको समाधानका लागि समाजवाद नै एउटा मात्र विकल्प रहेकोठहर गर्दछ ।

समीरसिंह महासचिव

प्रा.डा. जीवेन्द्र देव गिरी अध्यक्ष

Facebook Comments