• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हामी पार्टीभित्र कुनै न कुनै समझदारीमा पुग्छौंः प्रचण्ड





नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु पार्टीभित्र कुनै न कुनै समझदारीमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । चितवनमा पार्टी कार्यकर्तासँगको छलफलमा उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।


साथै उहाँले आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्ने खतरा भएको तर आफूले सोचविचार गरेर कदमल चालिरहेको पनि उहाँले बताउनुभयो ।

‘तपाइँहरुलाई ढाँट्नुहुन्न पार्टी संकटपूर्ण अवसथमा छ’– उहाँले भन्नुभयो– ‘तर हामी कुनै न कुनै सझदारीमा पुग्छौं, अन्य नेताहरुको जस्तै मैले पनि होश नपुर्याएर जे पनि बोल्ने र जे पनि गर्ने हो भने स्थिति दुर्घटनामै जान्थ्यो ।’ उहाँले उनले पार्टी एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।


हतारमा केहि कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क भएर काम गरिरहेको उल्लेख गर्दै उहाँले त्यसकै लागि निरन्तर बैठक स्थगित गर्दै समझदारीको प्रयासमा रहेको बताउनुभयो ।

‘म पार्टीको एउटा अध्यक्ष। मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु। मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ।’


मूल समस्या आन्तरिक नै भए पनि यसबीचमा बाह््य शक्ति पनि खेल्नसक्ने भन्दै सबै सतर्क भएर अघि बढ्नुपर्ने बताउनुभयो । ‘परिवर्तन बचाउने लडाइँ पनि छ यो। यो कोरोनाको कारणले अरू नै केहि हुने हो कि भन्याजस्तो। या पार्टीभित्रको विवाद चर्काइदिएर किनकी प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर केपी ओलीलाई छोड्न हुन्न यो बेला भनिदिने। अर्कोतिर प्रचण्डलाई गएर छोड्न हुन्न यही बेला भन्दिने पनि देखिएको छ। तपाईंहरू त्यस्तोमा नलागिदिनुहोला। हामी जित्छौं’– उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको पछिल्लो भेटका संकेत सकरात्मक देखिएको भन्दै प्रचण्डले छिटै पार्टीभित्रका समस्याको हल खोजिने बताउनुभयो ।

Facebook Comments