• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान




रुकुमपूर्वको सिस्ने गाउँपालिकामा सिस्ने अनलाइनका संवाददाता जयमान बुढासहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।

गाउँपालिकाको समृद्धि र विकासमा योगदान पु¥याउने विभिन व्यक्तिहरुलाई सम्मान गरिएको हो । प्रमुख अतिथि प्रदेशसभाका सदस्य तेजबहादुर ओलीले सम्मान गर्नुभएको हो ।


कार्यक्रममा संविधानसभा सदस्य जुनकुमारी रोका, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोवर्धन बुढा, प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल लगायतले बोल्नुभएको थियो ।


गाउँपालिकाले विभिन्न संस्थाका व्यक्ति, सञ्चारकर्मी, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट कृषक लगायतलाई सम्मान गरिएको हो । गाउँसभाको अवसरमा सम्मान गरिएको हो ।


सम्मान पाउने पत्रकारहरुमा हरि गौतम, मनिष खड्का, महेश केसी सर्जना कार्की, बलबहादुर ओली, सञ्जय नाथ, उर्मिला गौतम, लोकेन्द्र खनाललगायत रहनुभएको छ । गाउँसभाको अधिवेशन पनि जारी रहेको छ ।

गाउँसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयक र आर्थिक ऐन पारित गरिओस् भनेर गाउँसभामा पेश गरिएको विनियोजन विधेयक र आर्थिक ऐनमाथि दफाबार छलफल हुने गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिनुभयो ।

Facebook Comments