• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाका अध्यक्ष प्रचण्ड बाढी प्रभावित क्षेत्रमा




नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्। प्रचण्डले भरपुर महानगरपालिका २७ र २८ को सीमाक्षेत्रमा शुक्रबार बाढीले भत्काएको बाँधको अवलोकन गरेका छन्।

प्रचण्डले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराउने आश्वासन स्थानीय र बाढी पीडितलाई दिएका छन्। सँगै प्रचण्डले चितवन आउनुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र फेरि काठमाडौं फर्किएपछि छलफल हुने बताएका छन्।

‘म चितवन आउँनु अगाडि म प्रधानमन्त्रीसँग सल्लाह गर्ने कार्यक्रम थियो। अब चितवनबाट फर्किएपछि संवाद हुन्छ’, प्रचण्डले पत्रकारसँग कुरा गर्दै भने। बाढी प्रभावित चितवन क्षेत्र नम्बर ३ प्रचण्डको निर्वाचन क्षेत्र हो।

प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले बताएका छन् । शुक्रबार नारायणीले कटान गरेको क्षेत्रको शनिबार निरीक्षण गर्दै उनले तत्काल अस्थायी समाधानको काम भइरहेको बताएका हुन् ।

प्रचण्डले आफू निर्वाचितपछि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथको काम अघि बढेको र अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको बताए ।

प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वको विषय समाधान हुनेतर्फ अघि बढेको बताए ।

Facebook Comments