• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थवाङमा पूर्वजनमुक्ति सेना र गाउँपालिकाबीच यस्तो भयो सहमति




पूर्वजनमुक्ति सेना, कलाकार, कार्यकर्ता द्वन्द्वपीडित बेरोजगार संघ र थबाङ गाउँपालिकाबीच चार बुँदे सहमति भएको छ । संघले विभिन्न २० बुँदे मागसहित आन्दोलन शुरु गरेपछि गाउँपालिका र संघबीच सहमति भएको हो ।


सहमतिअनुसार थबाङ गाउँपालिकाअन्तर्गत सम्पूर्ण पूर्वजनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्वपीडित बेरोजगारहरुको नाम ठेगाना र हालको अवस्थालगायतका विवरण उल्लेख गरी गाउँपालिकाले बनाएको फार्म भेरेर साउन १५ गतेभित्र पालिकामा पेश गर्नुपर्ने छ ।

पालिकाको आर्थिक बर्ष २०७७/०७८ मा सञ्चालन हुने विकास योजनामा पूर्वजनमुक्ति सेना, कलाकार, कार्यकर्ता द्वन्द्वपीडित बेरोजगार संघलाई प्रति आयोजनामा एक एक जनाका दरले समानुपातिकरुपमा सहभागउने गराउने सहमति पनि भएको छ ।


त्यस्तै नेपाल सरकारबाट सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा पनि संघलाई प्राथमिकता दिने सहमति भएको छ । त्यसैगरी बेरोजगारहरुको जीवन निर्वाहका लागि गाउँपालिकाबाट कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रलगायत सीपमूलक ब्यवसायिक रोजगार कार्यक्रम सञ्चालन गर्ने पनि सहमति भएको छ ।


सहमतिपत्रमा गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती र पूर्वजनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्वन्द्वपीडित बेरोजगार संघका अध्यक्ष हितमान पुनले हस्ताक्षर गर्नुभएको छ ।

संघले ज्ञापनपत्र बुझाउँदै थबाङ गाउँपालिका वडा १, २ र गाउँपालिकाको कार्यलय घेराउ गरेको थियो । नाराबाजी गर्दै आएका करीब एक सय स्थानीयले ज्ञापनपत्र बुझाएका थिए ।

जनयुद्धमा लागेर बेरोजगार बनेकाहरुलाई रोजगारी दिनुपर्ने, विकास निर्माणका काम गर्दा कुनै पनि बहानामा विभेद गर्न नहुने, जनयुद्धका क्रममा कम्युनमा सम्पत्ति बुझाएकाहरुको उचित सम्वोधन हुनुपर्ने, जुनसुकै क्षेत्रमा रहेर पनि जनयुद्धमा सहयोग गरेकाहरुलाई सम्मान गर्नुपर्नेलगायतका माग संघले अघि सारेको थियो ।

गाउँपालिकाले पालिकाबाट सक्ने काम गर्दै जाने र नसक्ने माग पूरा गर्न माथिल्लो निकायको ध्यानाकर्षण गराउने जनाएको छ ।

Facebook Comments