• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पातलीको सफलतापछि पातली २ बजारमा ( भिडियोसहित )





गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातलीको अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २ लिएर बजारमा आएकी छिन ।


समकालीन कलाकारहरु भन्दा फरक देखिन रुचाउने गायीका लम्सालले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष संदेश पस्कने गर्दछिन ।

गत बर्षको तीज गीत पातली युट्युबमा झन्डै ४० लाख दर्शकले हेरे भने तीजको समयमा प्रत्येक गाउँ,शहरका चोक र गल्लीहरुमा त्यहि गीत गुन्जिन सफल भयो ।


चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतले नेपाली सांगीतिक बजार तताएपछी यस बर्ष पनि त्यस्तै टिपिकल शव्दमा सजिएको गीत पातली २ लिएर गायीका लम्साल बजारमा आएकी हुन् ।


सुन्दर पर्यटकीय स्थल पोखराको लेकसाइडमा छायांकन गरिएको तीज गीत पातलीमा गायिका कला लम्साल र दिपासा बिसीको नृत्य रहेको छ।


प्रकाश भट्टले निर्देशन गरेको पातली २ गायीका कला लम्सालको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको छ । गत वर्षको पातली सुपरहिट भएपछि यस बर्ष पनि त्यो भन्दा झनै टिपिकल शव्द,लय र आवाजमा आएको त्यस्तै सुन्दर पर्यटकीय स्थल पोखरामा निकै मिहिनेतका साथ छायांकन गरिएकाले पातली भन्दा अपार माया पातली २ ले पाउने गायीका लम्सालको अपेक्षा छ ।

Facebook Comments