• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद कृष्णसेन बहुप्राबिधिक शिक्षालयमा रेडियोग्राफी पढाइ हुने





सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राविधिक शिक्षालय दाङमा रेडियोग्राफी पढाइ शुरु हुने भएको छ ।


प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् ९सिटिइभिटीई०को परिषद् बैठकले रेडियोग्राफी कक्षा स्वीकृत गर्दै आवश्यक कारवाही अघि बढाउन परिषद् कार्यालयलाई अख्तियारी प्रदान गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको परिषद् बैठकले सो निर्णय गरेको मन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।


डिप्लोमा इन डाइग्नोस्टिक रेडियोग्राफी तीन बर्षे डिप्लोमा कार्यक्रम हो । यसबाट रेडियोग्राफर अर्थात् एक्सरे टेक्निसियन उत्पादन गरिन्छ । यो प्लस टु साइन्स सरहको प्राविधिक विषय हो । एसईई परीक्षामा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा कम्तीमा सी र जीपीएमा २ ल्याउने विद्यार्थीले सीटीईभीटीको प्रवेश परीक्षा उत्तीर्ण गरी यो विषय अध्ययन गर्न सक्नेछन् ।

अहिले फार्मेसी, वन विज्ञान, बाली विज्ञान, आर्किटेक्चर इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र फूड एण्ड डेरी टेक्नोलोजीको पढाइ भइरहेको शिक्षालयका प्रमुख यादव सुवेदीले जानकारी दिनुभयो । गत बर्ष स्वीकृति पाएको पशु विज्ञानको पनि यो बर्षदेखि पढाइ शुरु हुने छ ।


अहिले घोराही १७ गैरागाउँमा पाँच वटा भवन निर्माण भइरहेको शिक्षालय प्रमुख सुवेदीले जानकारी दिनुभयो । कर्जाही प्राबिले उपलब्ध गराएको झण्डै दुइ बिघा जमीनमा भवन निर्माणको काम भइरहेको छ भने पठनपाठन पनि यही ठाउँमा भइरहेको छ ।

अब आउने शैक्षिकसत्रदेखि शिक्षालयले केही कार्यक्रम घोराही १० नारायणपुरमा पनि लैजाने भएको छ । प्रयोगात्मक कक्षाका लागि धेरै जग्गा चाहिने तर गैरागाउँमा जग्गा कम भएकाले नारायणपुरमा केही कार्यक्रम विस्तार गर्न थालिएको शिक्षालयले जनाएको छ । त्यसका लागि सिद्धरत्ननाथ माविले ६ बिघा छ कट्ठा चार धुर जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । यो जग्गा प्राप्तिकै क्रममा रहेको र प्राप्त भएपछि वन र बाली विज्ञानका कार्यक्रम नारायणपुरमा विस्तार गरिने प्रमुख यादवले जानकारी दिनुभयो ।


शिक्षालयको स्थापना २०७५ भदौ २८ गते भएको थियो । सो बर्ष शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा शिक्षक विद्यार्थी गुमाउनुपरेको थियो ।

Facebook Comments