• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा सलह आतंकः भूमेमा ८० किलो सलह जलाइयो




भारतबाट प्रवेश गरेको सलहले अन्य जिल्लामा थोरै समय रहे पनि रुकुमपूर्वमा भने झण्डै एक सातादेखि क्षति पु¥याइरहेको छ ।

हावाको वेगसँगै उड्ने यो किरा प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्व पुगेपछि उत्तरतर्फ उड्न सकेको छैन । हिम श्रृंखलातर्फ चिसोले पस्न नसकेको र पुनः दक्षिणतिर पनि फर्कने हावाको बहाव नपाएकाले सलह रुकुमपूर्वमा घुमिरहेको छ । जसले गर्दा यो जिल्लामा अन्यत्रको भन्दा ठूलो क्षति पु¥याएको छ ।


यसैबीच भूमे गाउँपालिकाले कृषकले सलह संकलन गरेको बापतको प्रतिकिलो ४० रुपैयाँमा खरिद गर्दैछ । मंगलबार ८० किलो सहल खरिद गरेर जलाएर नष्ट गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश ५ सरकारले निर्णय गरेको प्रतिकिलो २० रुपैयाँ र गाउँपालिकाले आफै निर्णय गरेको प्रतिकिलो २० रुपैयाँ गरेर प्रतिकिलो ४० रुपैयाँमा सलह संकलन गरे बापतको प्रोत्साहन स्वरुप सलह खरिद गर्ने शुरु गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments