• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पार्टी विभाजन हुन नदिन दाङका युवा विद्यार्थीले दिए यस्तो दबाब





नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विवाद चर्किरहेका बेला जिल्ला जिल्लाबाट सुदृढ एकताको मागसहित दबाब दिने क्रम बढेको छ ।


सोही क्रममा मंगलवार दाङमा पनि युवा विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय युवा संघ दाङ र अनेरास्ववियू दाङले नेकपा जिल्ला कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो । जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’मार्फत उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।


संघ, प्रदेश र अधिकांश स्थानीय तहमा जनताले नेकपालाई बहुमत दिएर समाजवादी बाटोलाई अनुमोदन गरेकाले सुदृढ एकतामार्फत समाजवादी बाटो अझ सुस्पष्ट गर्न ज्ञापनपत्रमा माग गरिएको छ । जनअपेक्षाअनुसार काम नभइरहेको र पार्टी एकता पनि सबै तहमा सम्पन्न नभएको अवस्थामा शीर्ष तहमा देखिएको विवादले कार्यकर्तापंक्तिलाई चिन्तित बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।


‘विभाजन र फूट होइन एकता र संगठन आम कार्यकर्ताको चाहना र देशको आवश्यकता हो’– ज्ञापनपत्रमा भनिएको छ– ‘यसर्थ कुनै पनि निहुँमा पार्टी विभाजन हुने वा पार्टीलाई हानी हुने कार्य नगर्न नेतृत्वलाई खबरदारीका साथ हार्दिक अनुरोध गर्दछौं ।’ व्यक्ति संगठन माताहतमा रहने स्थापित मान्यतामा दायाँबायाँ नगर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


ज्ञापनत्रमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु गोपाल ओली ‘प्रवीण’, सरोज पन्त, दिलकुमारी घर्ती, अनेरास्ववियूका जिल्ला संयोजक जंग रोका र राष्ट्रिय युवा संघका जिल्ला सहसंयोजक माधब बुढाथोकीले हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै ज्ञापनपत्रमा राष्ट्रिय युवा संघका भीम बिसी, मार्शल जिसी, इराक घर्ती, हिमाल रसाइली, अनिल शेर्पाइली, एकराज बस्नेत, दिलकुमार साहसी, विवेक रोका, यमराज मल्ल, लक्की रोका, भरत बिक, अजिज मन्सुरी, सुदर्शन लम्साल, लोकेन्द्र खड्का, गोपाल केसी, खड्क कसी, मधु रायमाझी, टोपेन्द्र शर्मा, सुनिल मगर, रामु पाण्डे, केशव परियार, चंख पौडेल, शिव परियार, जनल खड्का, दीपक केसी, कुशल बुढा तथा अनेरास्ववियूका गोविन्द मल्ल, डिभाइड शर्मा, प्रतिक अधिकारी, बिपुल रिजाल, मोहनराज भुसाल, राम खनाल, खगेन्द्र जीएम, गिरबहादुर महरा, अविनाश राजभण्डारी, सुवर्ण विसीलगायतले हस्ताक्षर गर्नुभएको छ ।

Facebook Comments