• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सांसद थारुको पहलमा मिल्यो बर्षौं पुरानो जग्गा विवाद




राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको विचमा ऐलानी जग्गा सम्वीन्धको बर्षाैं अघीको विवाद समाधान भएको छ ।

प्रदेश सभा सदस्य ईन्द्रजीत थारुको पहलमा दुवै गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षको विचमा भएको छलफलले ऐलानी जग्गा सम्वन्धि विवाद समाधान गरेको हो ।

राप्ती गाउँपालिका भित्र पर्ने साविक सिसहनिया गाविसको नक्सा नं. ३(क) कित्ता नं. ३८२ र गढवा गाउँपालिका भित्र पर्ने साविक पत्रिङ्गा गाविस नक्सा नं. १ र कित्ता नं. १ को नापी गरी आएको जग्गा दुवै गाउँपालिकाले भोगचलन नगर्ने, दुवै गाउँपालिकाको वाउण्डरी भित्रको जग्गामा आ–आफ्नो गाउँपालिकाको स्वामित्वमा रहनेगरी दुवै गाउँपालिकाको लागी सार्वजनिक जग्गाको रुपमा रहन दिने सहमती भएको छ ।


यो सम्झौता सबैले इमानदारी पूर्वक पालना गर्ने, यदी पालना हुन नसके कानुन बमोजिम कारबाहीको प्रकृया अघी बढाउने समेत लिखित सहमती भएको छ ।

सम्झौता पत्रमा गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादव, वडा नं. २ का वडा अध्यक्ष भक्तु चौधरी, पचहिया गाउँका प्रतिनिधि गुरीलाल चौधरी, हरीकुमार यादव, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, वडा नं. ७ का अध्यक्ष विद्याशरण चौधरी, भानपुर गाउँ प्रतिनिधि नित्यानन्द शर्मा, ठुनीराम चौधरीले हस्ताक्षर गर्नु भएको छ ।

Facebook Comments