• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चाैरजहारीमा १० वटा नयाँ स्वास्थ्य भवन बन्दै




रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिकामा १० वटा स्वास्थ्य भवन बनिरहेका छन् । नेपाल सरकारकाे सशस्त्र अनुदान ३ कराेड ८० लाख बजेटले १० वटा भवन बनाउन लागिएको हाे ।

स्वास्थ्य संस्था नभएका वडा न. १,२,३,४, ६,८,९,१०१२,१३ मा नयाँ स्वास्थ्य भवन निर्माण गर्न लागिएको हाे । प्रत्येक भवन ३८ लाखकाे दरले बनाउन लागिएको र अागामि अार्थिक बर्षमा सबै भवन सम्पन्न हुने स्वास्थ्य शाखा सह संयाेजक डन्डप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार केही भवन ढलान भइसकेका छन् भने केहीमा ५० प्रतिशत काम भएको छ । सबै नयाँ स्वास्थ्य भवनमा अागामि अार्थिक बर्षकाे पहिलो चाैमासिकबाट सेवा सुचारु गर्न सुरु गरिन्छ सहसंयाेजक शर्माले भने नयाँ स्वास्थ्य भवनमा अाधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिनेछ ।

उनका अनुसार सम्झौता अनुसार स्वास्थ्य भवन निर्माणको पहिलो किस्ता १४ लाख भुक्तानी भइसकेको छ भने बाँकी बजेट काम सम्पन्न भइसकेपछि भुक्तानी हुनेछ । अहिले वडामा स्वास्थ्य सेवा केन्द्र भाडामा सञ्चालन भइरहेका छन् जसकाे भाडा बार्षिक १ लाख ४५ हजार खर्च भइरहेको छ ।

Facebook Comments