• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सलह किरा रुकुमपूर्वमा, बालीनालीमा क्षति




रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ मा सलह किराले क्षती गर्न सुरु गरेको छ । वडाको विभिन्न ठाउमा देखा परेको सलहले आइतबारदेखि अन्नबालीमा क्षती गर्न सुरु गरेको छ ।

वडाको अधिकांस ठाउमा सलह किराले क्षती प¥याउन थालेपछि स्थानिय चिन्तित बनेका छन । आइतबार वडाको बयाले, ठस्के र मुसिकोलगाएतका गाउँमा सलह किराले मकै, तरकारीबाली, फलफुल खेतीमा क्षती पुर्याएको वडा अध्यक्ष जिवन केसीले जानकारी दिनुभयो ।

आइतबार वडाको केही ठाउँमा क्षती गरेको सलह किराले आज (सोमबार) धेरै ठाउँमा क्षती पुर्याएको उहाँको भनाई छ । वडा अध्यक्ष केसीका अनुसार किदा, दतकुना, खरिबोट र छिपखोलामा आज सलह किराले ब्यापक रुपमा क्षती पुर्याएको छ ।

सलह नियन्त्रण तथा क्षती कम गर्नकोे लागि स्थानियहरुले आगो बाल्नुको साथै थाल ठटाईरहेका छन भने कतिपय ठाउमा दमाह बजाईरहेका छन । यति गर्दा पनि सलह किरा नियन्त्रन गर्न नसकिएको वडा अध्यक्ष केसीको भनाई छ ।

स्थानीय स्तरमा अपनाइएको उपायले सलह किरा नियन्त्रणमा नआएपछि यसलाई नियन्त्रणमा लिन विषादी छर्कनुबाहेक अन्य विकल्प नभएको उहाँले बताउनुभएको छ । सलह नियन्त्रणको लागि विषादी प्रयोग गरेमा गाउँघरमा माहुरी लगाएत अनयलाई असर गर्ने भएकाले समस्या भएको वडा अध्यक्ष केसीले बताउनुभएको छ ।

यस्तै भूमे गाउँपालिकाको वडा नम्बर ८ कुचिबाङमा पनि सलह कीराले अन्नबालीमा क्षती पुर्याएको छ । ८ नम्बर वडाको पाछाबाङ, लिगा लगाएतका क्षेत्रमा मकै, सुन्तला, टीम्मुर खेतीमा क्षती पुर्याएको शिशिर रोकाले बताउनुभएको छ ।

Facebook Comments