• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारीका ११ वडामा ९ हजार बेर्ना वितरण





रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाकाे कृषि शाखाले विभिन्न वडामा ९ हजार बाेट बेर्ना वितरण गरेको छ । ११ वटा वडामा ९ हजार फलफुलका बेर्ना वितरण गरेको हाे ।

नगरलाई कृषिमा अात्मनिर्भर बनाई अार्थिक समृद्धि बनाउन जनप्रतिनिधि निर्वाचित भएर अाएदेखि नै नगरलाई कृषि पकेट क्षेत्र घाेषणा गरि नगरपालिकाले कृषिमा लगानी बढाइरहेको छ ।

नगरलाई फलफूलमा अात्मनिर्भर बनाउन विगत केही बर्षदेखि नगर कृषि शाखाले फलफुलका बेर्ना पनि वितरण गरिरहेकाे छ । याे बर्ष पनि नगरपालिकाकाे कार्यक्रम अनुसार कृषि शाखा मार्फत विभिन्न वडामा ९ हजार फलफुलका बर्ना गरिएको हाे । वडा न. १ , २ , ३ , ७ , ८ , ९ , ११, १२ , १३ , १४ वडामा ३ लाख ५० हजार बजेटले ९ हजार फलफुलका बेर्ना वितरण गरेको नगर कृषि शाखा प्रमुख बिमल खड्काले बताए ।

उनका अनुसार कृषकले माग गरे अनुसार कागती , अनुसार , सुन्तला र अलैंचीकाे बेर्ना वितरण गरिएको हाे । अहिले चाैरजहारीमा फलफुल जिल्ला बाहिरबाट अायात हुन्छ उनले भने हामीले सुरुदेखि वितरण गरेका फलफुल फल्न सुरु गर्ने हाे भने नगर फलफुलमा अात्मनिर्भर भई कृषककाे अार्थिक अवस्था पनि सुधार हुन्छ ।

किसानले लगाएको फलफुल सहजै बजारसम्म पुर्‍याउन वडा न. ११ मा फलफुल संकलन केन्द्र बनाउने तयारी छ भने अावश्यकता अनुसार चिस्यान गृह बनाउँछाै कृषि शाखा प्रमुख खड्काले भने किसानले बाेलाएकाे खण्डमा कृषि प्राविधिक किसानकै बारीमा पुग्ने ब्यवस्था पनि छ ।

Facebook Comments