• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोट १० मा नौ हजार टिमुर बेर्ना रोपियो





रुकुमपश्चिमको मुसीकोट नगरपालिका १० मा झण्डै नौ हजार टिमुरका बेर्ना रोपिएको छ ।

डिभिजन वन कार्यालयले उपलब्ध गराएका एक हजार पाँच सय र वडा कार्यालयको लक्षित वर्ग बजेटबाट गरी सात हजार बेर्ना रोपिएको हो ।

गाउँमा परापूर्वककालदेखि बारीका ढिकढाक टिमुर उत्पादन हुँदै आए पनि टिमुरको ब्यवसायिक खेती अझै हुन सकिरहेको छैन ।

पछिल्लो समय स्थानीय सरकार बनेसँगै वडा तथा नगरको पहलमा नगदेबालीमा आकर्षण बढाउँदै ब्यवसायिक खेतीको शुरुवात हुन थालेको वडा सदस्य धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो ।

हरेक घरका बारीमा आफैमा उम्रेका टिमुर फल्ने र घरमा प्रयोग गर्ने गरिदै आएको छ । यसपटक एउटै घरले आठ सयसम्म विरुवा पनि लगाएका छन् । सल्यानबाट खरिद गरेर लगिएको विरुवा गाडीले झुल्खेतसम्म छाडेपछि किसानले त्यहाँबाट डोकोमा बोकेर गाउँसम्म पुर्याएका थिए ।


पछिल्लो समय यो वडा लसुनको पकेट क्षेत्रको रुपमा विकास भइरहेको छ भने अलैचीको पनि राम्रो उत्पादन हुने गरेको छ । स्थानीयबासीको इच्छाशक्ति र सरकारको सहयोग हुन सके यहाँ टिमुर, आलु, अर्गानिक सिमी, भाङो आदिको राम्रो खेती हुने देखिन्छ । पछिल्लो समयमा यहाँका किसानले स्थानीय सरकारको सहयोगमा कागती खेती पनि गरिरहेको छ ।

यो वडामा सिस्नु प्रशस्त पाइने भएकाले सिस्नुको धुलो उत्पादनको पनि राम्रो संभावना छ । त्यस्तै जंगल क्षेत्रमा दालचिनी पाइने गरेको छ, यद्यपि यसको पनि ब्यवसायिक खेती अझै शुरुहुन सकेको छैन ।

Facebook Comments