• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठानमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु




प्यूठानमा टिप्पर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।


जिल्लाको सरुमारानी गाउँपालिका–६ मोतिपुरमा शनिवार विहान साढे ९ वजेको समयमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।


दुर्घटना परी मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–६ का चालक ३० वर्षीय रोसन थापा र सह–चालक सोही ठाउँका ३५ वर्षीय झग बहादुर पुन रहेका छन् ।

ना ७ ख ८९३८ नम्वरको टिप्पर नौबहिनी गाउँपालिका–८ स्थित चुनढुङ्गा खानी लुप्लुङबाट चुनढुङ्गा बोकेर दाङको कालाकाटे जाँदै गरेको टिप्पर सडकबाट करिव पाँच सय मिटर तल खसेको उहाँले बताउनुभयो ।

Facebook Comments