• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्वारेन्टाइनमा सचेतना अभियान जारी




कोरोनालगायतका बिषयमा जानकारी दिन मेडिकल क्षेत्रका विभिन्न बिधामा अध्ययनरत विद्यार्थीहरुले शुरु गरेको क्वारेन्टाइन सचेतना अभियान जारी रहेको छ ।


साही अनुसार उनीहरुले घोराही उपमहानगरपालिका वडा नम्बर १३ कमलघारीस्थिति क्वारेन्टाइनमा कार्यक्रम गरेका छन् ।

कार्यक्रममा क्वारेन्टाइनमा बसेकाहरुलाई योग अभ्यास गराउनुका साथै सचेतनामूलक प्रशिक्षण दिइएको थियो । महिलाको महिनावारी स्वच्छता, पुरुषमा मानसिक तनाव, फोहरमैला ब्यवस्थापन, खोपको महत्व, डेंगुबाट बच्ने उपाय र कोभिड १९ सम्बन्धी भ्रम निवारण गर्ने बिषयवस्तु अभियानमा समेटिएका अभियन्ता निर्दीप केसीले जानकारी दिनुभयो ।


महिनावारी स्वच्छताबारे अस्मिता डाँगी, योगमा प्रतिभा रिजाल र कोरोनासम्बन्धी जानकारी सुरेश लहेरले दिनुभएको थियो । कार्यक्रम सहजीकरण निर्दिप केसी र रोहित रावतले गर्नुभएको थियो । सो क्रममा क्वारेन्टाइन र समुदायमा रहेका महिलालाई महिनावारी स्वच्छता सामग्री वितरण गरिएको थियो । अभियानमा पब्लिक हेल्थ, एमबीएस, नर्सिङ, अप्टोमेट्री पढिरहेका दश विद्यार्थी सहभागी छन् ।

Facebook Comments