• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भर्ना शुल्क फिर्ता नगरे संघर्ष गर्ने चेतावनी




स्टार बंगलाचुली युवा क्लबले लकडाउन समयको भर्ना शुल्क फिर्ता नगरे संघर्षका कार्यक्रम गर्ने भएको छ ।


बंगलाचुली गाउँपालिकाले यो लकडाउन समयको भर्ना शुल्क नलिने निर्णय गरेता पनि गाउँपालिका स्तरीयका केही विद्यालयहरुले विभिन्न बाहनामा भर्ना शुल्क लिइरहेका हुनाले तत्काल उक्त शुल्क फिर्ता नगरे क्लबले संघर्षको कार्यक्रम गर्ने भएको हो ।

स्टार बंगलाचुली युबा क्लबका अध्यक्ष शशिधर परियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘मुलकभर कोभिङ–१९ भाइरस सङक्रमणको महामारी र लकडाउनका कारण जनजीवन तथा शिक्षालाई अस्तव्यस्त भइरहेको अबस्थामा हाम्रो बंगलाचुली गाउँपालिका केही विद्यालयले भर्ना शुल्क लिई आतङ्क मच्चाएको देख्दा हाम्रो क्लवको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्थानीय सरकार गाउँपालिकाको भर्ना शुल्क नलिने निर्णय गरिरहदा पनि केही विद्यालयले भर्ना शुल्क लिएको हुदा यस कार्यप्रति निन्दनिय भएको छ ।’
विद्यार्थी तथा अभिभावक आव्रmोशित भएका छन । शिक्षा नितिमा कोभिड–१९को कारण ले गर्दा भर्ना शुल्क नलिने भनिएको छ तर पनि शुल्क लिउने काम भहिरदा, हाम्रो क्लवले शुल्क फिर्ता गरि पढाईमा सहजिकरण गरिदिन हुन हार्दिक अपिल गर्दछौं ।

यद्यपी हाम्रो क्लवको अपिल सुनाइ नभएमा हामी संघर्षक कार्यक्रम गर्ने जारी विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments