• ३० चैत्र २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दुर्घटनाका ज्यान गुमाएका कर्मचारीका परिवारलाई गाउँपालिकाको राहत





रोल्पाको गंगादेव गाउपालिकाले दुर्घटनाका ज्यान गुमाएका कर्मचारीका परिवारलाई पालिकाले राहत दिने भएको छ ।


पालिकाका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा बसेको गाउकार्यपालिकाको बैठकले गाउपालिकाको कामको लागि ०७६ चैत्र १० गते बुटवल जादै गर्दा दाङको सडक दुर्घटनामा ज्यान गुमाएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुन मगर र सहायक कम्प्युटर अपरेटर रमेश वलीका घर परिवारलाई राहत रकम दिने निर्णय गरेको हो ।


कार्यपालिकाले गणेश पुन मगरका परिवारलाई क्रिया खर्च स्वरुप २ लाख दिने निर्णय गरेको छ । गणेश पुनका परिवारलाई नेपाल सरकारले पनि राहत दिने भएकोले २ लाख गाउपालिकाबाट दिने निर्णय गरिएको गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनुयभो ।


रमेश वलीका परिवारलाई ६ लाख राहत दिने निर्णय गरिएको छ । वली करारमा कार्यरत भएकोले ६ लाख दिने निर्णय गरिएको हो । त्यस्तै गंगादेव गाउपालिका रोल्पाका जनप्रतिनिधि र गाउपालिकामा कार्यरत कर्मचारीको कोभिड बिमा गर्ने निर्णय गरिएको गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनुयभयो ।

Facebook Comments