• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पश्चिम नेपालको पहिलो वन विज्ञान क्याम्पस दाङमा स्थापना गर्ने तयारी





पोखरा र चितवनभन्दा पश्चिमको क्षेत्रमा वन विज्ञानमा स्नातक तह पढाउने क्याम्पस नभइरहेको बेला दाङमा पढाइ शुरु हुने संभावना बढेको छ ।

दाङको घोराही १० नारायणपुरस्थित सिद्धरत्ननाथ क्याम्पसमा स्नातक तहमा वन विज्ञान (फरेष्ट्री) पढाइका लागि प्रक्रिया अघि बढेको छ ।


शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोख्रेलले असार २ गते सरकारको तर्फबाट अनुमति प्रदान गर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णयअनुसार आवश्यक कारवाही अगाडि बढाउनका लागि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई पचात्रार गरेको छ ।

अब त्रिविले आवश्यक प्रक्रिया पूरा गरी कार्यकारीको बैठकबाट निर्णय गरेपछि पठनपाठन शुरु हुने शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।


Facebook Comments