• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लकडाउन अबधिको शुल्क लिने विद्यालयमा विप्लव अखिलले कालो ब्यानर टाँस्ने





नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी) राप्ती क्षेत्रिय समन्वय समितिले लकडाउन अबधिभर शुल्क लिने प्याब्सन तथा एन प्याब्सनको निर्णयलाई फिर्ता लिन आग्रह गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

समन्वय समितिले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाल पनि विगत चार महिना यतादेखि लामो लकडाउनले नेपालीहरुको जन जीवन एकदमै कष्टकर हुँदै गहिरहेको बेला शैक्षिक संस्थाको छाता संगठन प्याब्सन तथा एन प्याब्सनले लकडाउन अबधिभरको शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।


अखिल क्रान्तिकारी) राप्ती क्षेत्रिय समन्वय समितिका संयोजक दिपक विष्टले मंगलबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ –‘यो संक्रमणकालिनको फाइदा उठाउँदै नीजि शैक्षिक संस्थाको छाता संगठन प्याब्सन तथा एन प्याब्सनको बन्दाबन्दी समयको मासिक शुल्क असुली गर्ने पछिल्लो निर्णयप्रति हाम्रो संगठन गम्भिर ध्यानाकर्षण भएको छ । यो लकडाउनको समयमा विद्यार्थी तथा अभिभावकलाई लुटने भर्ना,किताब, कपि, परीक्षा फि) लगाएतका नाममा बन्दाबन्दी अबधिको मासिक शुल्क असुली गर्ने विद्यार्थी तथा अभिभावक विरोधी निर्णयको जनि निन्दा गरेपनि कम हुन्छ । त्यसकारण हाम्र संगठन अनेरास्ववियु क्रान्तिकारी) राप्ती क्षेत्रिय समन्वय समिति यस्ता निर्णय तत्काल फिर्ता लिई विद्यार्थीको भविष्यमा खेलवाड नगर्न चेतवानीपूर्ण अनुरोध गर्दछ ।’


साथै सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई पनि बन्दाबन्दी अबधिको कुनै पनि शुल्क नतिर्न अपिल गर्दछौं । यदि कसैले दिनैपर्ने बाध्यता सृजना गरेमा हाम्रो संगठनलाई जानकारी गर्न समेत अनुरोध गर्दछौ विज्ञप्तिमा भनिएको छ । यद्धपि हाम्रो संगठन यस्ता घटिया निर्णको विरोधमा राप्ती क्षेत्र भित्रका सबै जिल्लाहरु लागुहुने गरी निम्न विरोधका कार्यक्रमहरु घोषणा गर्दछौं ।


संगठनले उक्त विरोध कार्यक्रमहरुमा आम विद्यार्थी तथा अभिभावकहरु सहभागिता भई कार्यक्रम सफल पार्न सबैमा विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।


यस्ता छनः विरोध कार्यक्रहरु
१.२०७७ असार १७ गते राप्तीका सबै विद्यालयहरुमा सम्बन्धित निकायमा सचेत पत्र बुझाउँने ।
२. २०७७ असार १९ गते अन्तरक्रिया भिडियो कन्फ्रेन्समार्फत विद्यार्थी, अभिभावक र सरोकारवाला
३.२०७७ असार २१ गते विरोध प्रर्दशन तथा भण्डाफोर
४.२०७७ असार २३ गते शुल्क लिएका विद्यालयहरुमा कालो ब्यानर टाँग्ने र तालाबन्दी गर्ने ।

Facebook Comments