प्रदेश पाँचका १२ वटा जिल्लामा गरी अहिलेसम्म तीन हजार सात सय चार जना कोरोना संक्रमित भेटिएका छन् ।
जसमध्ये एक हजार नौ सय ६८ जनाको उपचार भइरहेको छ भने एक हजार सात सय २५ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।
संक्रमित धेरै हुने जिल्लामा पहिलो नम्बरमा कपिलवस्तु र दोस्रो नम्बरमा दाङ रहेको छ । सबैभन्दा कम संक्रमित हुने जिल्ला रुकुमपूर्व भएको छ ।
प्रदेशभरि अब ११ हजार सात सय १८ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् । प्रदेशभरि अहिलेसम्म झण्डै ३६ हजार पिसिआर र ७० हजारको आरडिटी गरिएको छ ।
जिल्लागत विबरणः
कपिलबस्तु- ७३६
दाङ-५६२
पाल्पा- ४९६
बाँके- ३५६
रुपन्देही- ३०८
गुल्मी- ३२४
अर्घाखाँचीमा- ३१९
प्युठान- ३०४
बर्दिया- १६५
नवलपरासी- ८४
रोल्पा- ४८
रुकुमपूर्व-४ जना |
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।