• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका क्वारेन्टाइनबाट झण्डै दश हजार घर फिर्ता, अब १५६८ बाँकी




दाङमा क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा उल्लेख्य कमी आएको छ ।

भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६ सय ९४ क्वारेन्टाइनमा बसेकोमा झण्डै दश हजार घर फर्केका छन्, पाँच सय बढी संक्रमित भएर आइसोलेशन गएका छन् भने अब एक हजार पाँच सय ६८ जना मात्रै क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो ।


अब क्वारेन्टाइनमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा चार सय ५६ जना छन् ।

त्यस्तै राजपुरमा ६९, राप्तीमा तीन सय २५, शान्तिनगरमा ७६, बंगलाचुलीमा ४३, तुलसीपुरमा एक सय ७३, गढवामा एक सय २६, बबइमा एक सय ६४, लमहीमा ४४ र दंगीशरणमा ९२ जना बाँकी छन् ।

दाङमा अहिलेसम्म जाँच गरेकामध्ये आठ हजार नौ सय ५७ जनाको नतिजा नेगेटिभ र ५६२ जनाको पोजेटिभ आएको छ । अहिलेसम्म कूल नौ हजार पाँच सय १९ जनाको पिसिआर जाँच गरिएको छ । तीन हजार दुइ सय ९३ जनाको आरडिटी पनि गरिएको थियो ।

Facebook Comments