• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेशिन थपिएसँगै दाङमा जाँचको दायरा बढ्यो, एकै दिन ११६२ जनाको परीक्षण





मेशिन थपिएसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना जाँचको दायरा बढेको छ ।

आज एकै दिन ११६२ जनाको जाँच गरिएको छ । यो जाँचमा दाङका विभिन्न पालिकाका ५८ जनामा कोरोना देखिएको छ । यो अहिलेसम्मकै धेरै हो । योसँगै अहिलेसम्म संकलित स्वाबको जाँच करीब सकिएको छ ।

अहिलेसम्म नमूना संकलन गरिएकामध्ये अब १२६ वटाको मात्रै बाँकी रहेको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिनुभयो ।

अहिलेसम्म प्रतिष्ठानमा दाङसहित विभिन्न जिल्लाका १४ हजार ४५७ जनाको स्वाब संकलन गरिएकोमा १५ असारसम्म १४ हजार ३१३ जनाको जाँच गरिएको छ ।

योसँगै आज प्रदेश पाँचका सबै प्रयोगशालाबाट एक हजार आठ सय ८५ जनाको जाँच गरिएको छ । प्रदेशभरि अब क्वारेन्टाइनमा झण्डै १२ हजार जति बाँकी छन् ।

प्रदेशभरि ४५ हजार जनासम्म पनि क्वारेन्टाइनमा बसेका थिए ।

Facebook Comments