• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्गममा विद्युत विस्तार गरिदैः सम्झौताको पाँच बर्षपछि काम शुरु




रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका १२ फल्नै गर्खानीमा काम शुरु गरेको पाँच वर्षपछि विद्युत विस्तार हुन लागेको छ । ओख्मा खोला लघु जलविद्युत आयोजनाबाट विद्युत विस्तार गर्ने सम्झौता भएको पाँच वर्षपछि विद्युत विस्तार हुन लागेको हो ।


सम्झौता गरेको दुइ वर्षसम्म ओख्माखोला लघु जलविद्युत आयोजनाको काम सम्पन्न नभएको कारणले पनि फल्नै गर्खानीमा विद्युत विस्तार हुन नसकेको तत्कालीन फल्नै गर्खानी विद्युत विस्तार उपभोक्ता समितिका अध्यक्ष नवीन केसीले बताउनुभयो । अध्यक्ष केसीका अनुसार मूल समितिले आयोजनाको काममा ढिलासुस्ती गरेकोले फल्नै गर्खानीमा पनि विस्तार कार्य ढिलो भएको हो ।


तत्कालीन फल्नै गर्खानी विद्युत विस्तार उपभोक्ता समितिले ढिलासुस्तीको कारण ओख्माखोला लघु जलविद्युत आयोजना निर्माण उपभोक्ता समितिको कारणले भने पनि स्थानीयले फल्नै गर्खानी विद्युत विस्तार समितिकै कमजोरीले ढिलासुस्ती भएको बताउछन् ।


दुइपटकसम्म समिति फेरबदल गरे पनि काम गर्न नसकेको स्थानीयको आरोप छ । समितिको कमजोरी रहेको र बजेटको अभावले पनि विस्तार कार्य ढिलो भएको १२ नं. वडा सदस्य मालबहादुर पुनले बताउनुभयो । वडा सदस्य पुनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा वडा बाट विनियोजन भएको बजेटमा नयाँ समिति छनोट गरी काम गरिएको छ ।


चाहिएको बजेट २५ लाखदेखि माथि भए पनि वडाबाट आठ लाख मात्र विनियोजन भएकोले बाकी रकम समितिले नै बेहोर्नु परेको सदस्य पुनले बताउनुभयो । विद्युत विस्तार काम नयाँ समितिले तिब्र गतिमा गरिरहेको फल्नै गर्खानी विद्युत विस्तार उपभोक्ता समितिका अध्यक्ष टेकमान पुनले बताउनुभयो ।

सामान खरिद दुवानीमा मात्र २५ लाख लागेको र जदान खर्च १ लाख देखि २ लाख सम्म लाग्ने अनुमान रहेको अध्यक्ष पुनले बताउनुभयो । अध्यक्ष पुनका अनुसार अबको २० देखि २५ दिन भित्रमा विद्युत विस्तार कार्य सम्पन्न हुने छ ।

Facebook Comments