• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गजलः आज धान दिवस मनाउने होइन ?




असार महिना मानो रोपि मुरी फलाउने महिना
चर्चामा आउन नक्कली किसान कलाउने होइन ?

म वास्तविक किसान हुँ मलाई भ्याई नभ्याई छ
कति पसिना बगाउछु कति दुख छ रमाउने होइन ?

रमिते बन्छन रमाउँछन एकदिन मेरो सधैको दुखमा
आज नि मन्त्रीले गमलामा धान रोपेर मनाउने होइन ?

भाषणमा मात्र कृषि समृद्धि र कृषि आधुनिकता कुरा
आत्मनिर्भरताका लागि हजारौं टन धान फलाउने होइन ?

धान दिवसको अबसर पारी कृषक बनी दिवसै मनाउनलाई
आज टाइसुट सुरक्षाकर्मी आलिमा राखी हलो समाउने होइन ?

Facebook Comments