• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा टिमुर बिशेष बर्ष, एक बर्षमा एक लाख विरुवा रोपिदै





देशभरि बृक्षारोपण अभियान शुरु भएको छ । राष्ट्रिय बृक्षारोपण बर्षको अवसर पारेर अभियान शुरु गरिएको हो ।


सरकारले यो बर्षलाई बृक्षारोपण बर्ष घोषणा गरेकाले विरुवा रोप्ने, हुर्काउने र बृक्षारोपणलाई समृद्धिसँग जोड्दै अभियानकै रुपमा अघि बढाइने भएको छ । देशभरि पाँच करोड विरुवा रोपिदैछ भने दाङमा साढे चार लाख विरुवा रोप्ने तयारी गरिएको छ ।

केही फलफूलबाहेक अधिकांश विरुवा दाङमै उत्पादन गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यो बर्ष दाङमा टिमुर बर्षको रुपमा बृक्षारोपण गरिदैछ ।


दाङका पहाडी भेगमा लक्षित गरी एक लाख टिमुरका विरुवा यो बर्ष रोपिदैछ । आइतवार मात्रै तुलसीपुर ३ मा एक हजार टिमुरका विरुवा रोपिदैछ । रोजगारी र आत्मनिर्भरतालाई ध्यान दिएर किसानको बारीमै टिमुर रोप्न थालेको उहाँले जानकारी दिनुभयो ।


‘पहिले जंगल क्षेत्रमा टिमुर लगान्थ्यो तर अब जनताकै बारीमा जनताकै स्वामित्वमा हुने गरी टिमुर लगाइदैछ’– उहाँले भननुभयो– ‘एक हजार रुपैयाँ किलो बेच्न सकिने टिमुर खेतीबाट समृद्धिको जग बसाउन सकिने हाम्रो अनुमान छ ।’


यसरी एक लाख टिमुरका विरुवा रोप्ने दाङ पहिलो जिल्ला हुने छ । किसानले खाल्डा खनेपछि बारीमै विरुवा पु¥याउने गरेको जानकारी दिंदै उहाँले एकै जना किसानले ४० रोपनीसम्ममा टिमुर लगाउने बताउनुभयो । एउटै किसानले छ हजारसम्म खाल्डा खनेकाले विरुवा पु¥याउन धौधो हुने देखिएको प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।


दाङमा अहिले पनि बर्षेनी दुइ करोड बढीको टिमुर उत्पादन हुने गरेकाले यो बर्ष लगाइएका एक लाख विरुवाले तीन बर्षपछि निकै राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो । तीन बर्षमा फल्न शुरु गर्ने टिमुर पन्ध्र बर्षसम्म टिक्ने गर्दछ ।

Facebook Comments