• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडाको अगुवाइमा तरकारी संकलन केन्द्र सञ्चालनमा




रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा न ९ को घोर्नेटीमा रहेको तरकारी सङ्कलन केन्द्र सुचारु गरिएको छ ।

आ व २०७४/७५ मा वडाले तीन लाखको रकमको लगानिमा निर्माण गरिएको उक्त तरकारी सङ्कलन केन्द्र भवन बाट तरकारी सङ्कलन र बिक्री बितरण गर्न सुरु गरिएको छ ।

वडामा रहेको जनचेतना कृषक समुहले लिङगुरमा १९ वटा टनेलमा पाच जनाले सामुहिक तरकारी खेती र अन्य ११ जनाले ब्यक्तिगत रुपमा १० वटा टनेल र खुल्ला रुपमा ताजा तरकारी उत्पादन गर्दै आएका छन। सो ब्यक्ति हरुले उत्पादन गरेको सम्पुर्ण तरकारी अहिले घोर्नेटिमा जम्मा गरेर एकमुष्ट रुपमा बजारमा लगेर बिक्री गर्न सुरु गरिएको छ ।

विशेष गरि अहिले टमाटर नै सबैले उत्पादन गरिरहेका छन । उक्त टमाटर तथा तरकारी सङ्कलन गर्नको लागि आबश्यक पर्ने ३० वटा क्यारेट र तौलिले काटाको ब्यबस्था वडा कार्यालयले निशुल्क रुपमा उपलब्ध गराएको छ । अहिले यश ठाउँमा टमाटर भिरेखुर्सानी काक्रा भान्टा आदि सङ्कलन हुने गरेका छन ।

उक्त सङ्कलन केन्द्रमा जम्मा भएको तरकारी लिने जिम्मा स्थानीय तेज बहादुर बुढाले लिएका छन भने अहिले सम्म ६५० के जि टमाटर सङ्कलन र बिक्री समेत भैसकेको छ । किसानले गाउँमा उत्पादन गरेको तरकारी गाउँमै सङ्कलन गर्न थाले पछि कृषकहरु खुसी हुँदै वडा कार्यालय लाई धन्यवाद दिदै उत्पादन लाई बढाउने प्रतिबद्धता समेत जनाएका छन ।

सामुहिक तरिकाले उत्पादन लाई बढाएर गाडीको लोडपुग्ने गरि तरकारी जम्मा भएको खण्डमा त्येसको बिक्री गर्ने जिम्मा वडा कार्यालयले लिनछ। जति सकिन्छ उत्पादन लाई बढाउनु होस के आबश्यक पर्छ सम्पुर्ण चिजको ब्यबस्थापन वडा सरकारले गर्ने प्रतिबद्धता वडा अध्यक्ष नवीन ओलीले गर्नु भएको थियो ।

Facebook Comments