• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेखाको नयाँ फिल्मको छायांकन भदौबाट




काठमाडौँ – नायिका रेखा थापाले निर्माण गर्ने नयाँ फिल्म भदौ दोस्रो साताबाट छायांकन हुने भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको अनटाइटल फिल्म अब भदौ दोस्रो साताबाट हुने रेखाले बताएकी छिन् ।

रेखा भन्छिन् -‘कहिले सम्म डराएर बस्ने ? प्राविधिक देखि कलाकार सम्मको रोजिरोटी बन्द हुन लागि सकेको छ । सावधानी अपनाएर हरेक क्षेत्र सकृय हुन जरुरी छ । लापरवाही गरे आफैलाई हानी हुने कुरा हो ।’

फिल्म छायांकनमा जान उचित बातावरण हुनु पर्ने र सरकारले पनि फिल्म छायांकनमा जानलाई विषेश सहयोग गर्नु पर्ने रेखाले बताएकी छिन् ।

रेखा र सौगात मल्लको मुख्य भुमिका रहने फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन् । अब, फिल्मको कथामा भने केही फेरबदल हुने रेखाको भनाई छ । विदेशमा अलपत्र परेको युवा र समग्र बेरोजगार युवाको कथा फिल्ममा समेटिनेछ । लक्ष्मी पुजामा रिलिज हुने भनिएको फिल्मको नयाँ रिलिज मिति भने तय भएको छैन ।

कोरोना महामारीका कारण धेरै फिल्मको रिलिज मिति र छायांकन रोकिएको थियो । रोकिएका फिल्मको रिलिज मिति र छायांकन मिति तय हुन सकिरहेको छैन । हाल लकडाउन केही मात्रामा खुकुलो भएको छ । अब फिल्म क्षेत्र पनि चलायमान हुने देखिएको छ ।

Facebook Comments