मेडिकल क्षेत्रका विभिन्न बिधामा अध्ययनरत विद्यार्थीहरुले घोराही उपमहानगरपालिकाभित्रका क्वारेन्टाइनहरुमा सचेतना अभियान शुरु गरेका छन् ।
उनीहरुले पालिकाभित्रका ७५ वटा क्वारेन्टाइनमा अभियान चलाउँदैछन् ।
महिलाको महिनावारी स्वच्छता, पुरुषमा मानसिक तनाव, फोहरमैला ब्यवस्थापन, खोपको महत्व, डेंगुबाट बच्ने उपाय र कोभिड १९ सम्बन्धी भ्रम निवारण गर्ने बिषयवस्तु अभियानमा समेटिएका अभियन्त निर्दीप केसीले जानकारी दिनुभयो ।
अभियानमा पब्लिक हेल्थ, एमबीएस, नर्सिङ, अप्टोमेट्री पढिरहेका दश विद्यार्थी सहभागी हुनेछन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।