नाला खन्दा विचमा परेको बैंक रोडको विद्युत पोल विहिवार ढालिएको छ । एक वर्ष भन्दा लामो समयको अविराम प्रयासपछि निकाल्न सफल भएको रामजानकी मन्दिर टोल नाला निर्माण अनुगमन समिति घोराहीका संयोजक एकराज खनालले बताउनुभयो ।
उहाँका अनुसार सबै विकल्पहरु प्रयोग गरियो । लागेपुगेका सवै उपाएहरु नछुटाएको खनालको भनाई छ । अन्तमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका दाङ जिल्ला ईन्चार्ज जिवन गौतम सडकमै उभिनुभयो । विद्युतका कर्मचारी बोलाएर काम नथाल्दा सम्म उहाँले फिल्ड छोड्नुभैन ।
यसरी गौतम खटेपछि विद्युत वाट कर्मचारी पनि आए । थप्नुपर्ने अर्को विद्युतको पोलपनि तुरुन्तै ल्याइदिए । कर्मचारीहरु निरन्तर खटेर तार सारे । अर्को दिन देखि नेट ईन्टरनेट तथा केवुलका तारहरु सार्ने आए ।
सबैले काम निकै रफ्तारमा गरे । नाला बनाउने कामको अबरोध पोल हट्यो । विचमा रहेको पोल ढालिएपछि नाला निर्माणको कामले गति लिएको छ ।
स्थानिय घर वेटिले अवरोध गरेपछि गत वर्ष तार सार्नेकाम रोकिएको थियो । उनिहरुले नाङगो तार नराख्न सुझाव दिएका थिए । आफुहरुको घर छोईएको र त्यसले खतरा हुने भनेका थिए । त्यसै कारणले अड्काएको स्थानिय गौरीशंकर श्रेष्ठको भर्नाइ थियो् ।
यस पटक घरवेटिकै माग बमोजीम गरियो । पुरै नाङगो तारमा कालोतारले मोडेर जडान गरीएको छ ।
विहान तिन चार बजेदेखि दिनभरी संयोजक खनालको काम पोलहटाईदिनुस् भन्ने हारगुहारमै वित्ने गर्दथ्यो । उहाँका अनुरोधलाई महत्व दिएर स्थानिय टोलविकास संस्थाका अगुवा हुँदै वडा अध्यक्ष शक्तिराम डाँगि, नगरप्रमुख नरुलाल चौधरी सबैले पर्यत्न गर्नुभयो ।
मेयर सावले फोन गरीदिएको छु भन्नुहुन्थ्यो खनालले भन्नुभयो, विद्युतका कर्मचारी आउँदैन्थे । उहाँका अनुसार गत साता समाचार प्रकाशित भए पछि विहानै ईन्जिनीयर सहित विद्युतका हाकिम पुग्नुभयो । त्यसको हप्ता वित्दा पनि फर्किनु भैन ।
त्यस पछि प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई विहान आठ बजे फोन गर्दा फोन उठेन । अन्तमा ईन्चार्ज गौतमलाई गुहारेर काम फत्ते भएको संयोजक खनालले बताउनुभयो । पोल नहटाउँदा खनिएको नालामा विरोध आएको थियो । कतिले घर भत्किन्छ भनेर चिल्लाउन थालेका थिए । उता आर्थिक वर्षको अन्तिम भएकाले भुक्तानि लगाएतको समस्या थियो । कामले गति नलिँदा बाटो हिड्ने र त्यस क्षेत्रका व्यवसायी निकै ठुलो मर्का सहेका थिए ।
काम गर्दा अबरोध गर्नुहुन्न भन्ने पाठ सिकाएको धेरैको बुझाई छ । नाला खन्दा विवाद गर्नाले अहिले उधारोमा बनाउनुपरेको छ अघिल्लो रकम फ्रिज भयो । विद्युतको तारतान्दा विवाद परेर अहिले सम्म काम लड्कीयो । बजेट आएपछि सहमति गरेर कार्यान्वयन र्गुपर्ने देखिन्छ । अन्तमा ठुलै कसरथ गरेर घोराहीको मुख्य बजारको एउटा पोल हटाउन सफल भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।