• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साझा बहुउद्देश्यीय भवन शिलान्यासः घरभाडा तिर्न नसक्ने उद्यमी व्यक्तिले निःशुल्क पाउने





सिस्ने गाउँपालिका‐६ रुकुमकोट स्थित धकलबारमा लघुउद्यमी साझा बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । घरभाडा तिर्न नसक्ने उद्यमी व्यक्तिले इलम गर्नका लागि लघुउद्यमी साझा बहुउद्देश्यीय भवन बुधबार प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जगमा ढुङ्गा राखि शिलान्यास गर्नुभएको हो ।


घरेलु तथा साना उद्योग विकास रुकुमपूर्वको १० लाख बजेटले एक तल्ले दुई कोठे भवन निर्माण हुने छ । जिल्ला भित्र व्यक्तिले उद्यमी सीप तथा क्षमता भएका तर, केही इलम गर्नका लागि घरभाडा तिर्न नसक्ने व्यक्तिका लागि उक्त भवन बनाउन लागिएको घरेलु तथा साना उद्योग विकास रुकुमपूर्वका प्रमुख ताराप्रसाद शर्माले बताउनुभयो ।


‘सीप लिएका सदरमुकाममा घरभाडा तिर्न नसक्ने अवस्थाका व्यक्तिका लागि भवन निर्माण हुन लागेको छ’ शर्माले भन्नुभयो –‘जीविको पार्जनका लागि आयआर्जन गर्ने किसिमका पेशा व्यवसाय सञ्चालन गर्ने अति गरिबी व्यक्तिले उक्त भवनबाट व्यवसाय सञ्चालन गर्न पाउने छन् ।’
यस अगाडिका महिनामा भवन निर्माण गर्न विभिन्न कारणले रोकिएको बताइएको छ । अहिले आर्थिक वर्षको अन्तिममा काम शुरु गरिएको छ ।

यहि असार २५ गते भित्र भवन निर्माण गरिसक्ने भनि उपभोक्ता समिति मार्फत काम थालनी गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष सनम गौतमका अनुसार घरेलुसँग २५ गते भित्र भवन निर्माण गरिसक्ने सम्झौता भएको छ, त्यसअनुसार कामदारको संख्या खताइएको छ बिहान देखि साँझ सम्म काम गर्ने रफ्तारमा कामलाई अगाडि बढाइको छ ।
भवनको लम्बाइ ९ मिटर १५ सेन्टिमिटर रहेको छ भने चौडाइ चार मिटर ५० सेन्टिमिटरको रहेको छ ।

Facebook Comments