मावि हापुर विजौरी दाङका पूर्वविद्यार्थी ओमप्रकाश न्यौपानेले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गनुृभएको छ ।
धौलु वंशज अनुसन्धान सुधार विकास समितिबाट संचालन हुनेगरी आफ्ना माता पिताको स्मरण गर्दै उहाँले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोष कृषि विकास बैंक घोराहीमा रहने छ । यो अक्षयकोषबाट ‘जीवेश्वरा न्यौपाने/दुर्गा प्रसाद न्यौपाने पुरस्कार’ पदान गरिने छ ।
यसबाट विद्यालयका तीन विद्यार्थीलाई पुरस्कृत गरिने छ । आफ्नो जन्मथलो, आफूले अक्षराम्भ गरेको र सात बर्ष अध्ययन गरेको विद्यालयका बालबालिकालाई थप प्रोत्साहनका लागि सहयोग पुगोस् भनेर आफूले अक्षयकोष स्थापना गरेको न्यौपानेले जानकारी दिनुभयो । साथै मातापिताको सम्मान पनि दीर्घकालीनरुपमा होस् भनेर अक्षयकोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
यसका लागि विद्यालयसँग सम्झौता पनि भइसकेको छ । अक्षयकोष स्थापनाका लागि विद्यालयले धन्यवाद दिएको छ । न्यौपानेले शैक्षिक क्षेत्रमा गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गरिएको प्रधानाध्यापक केशव रिजालले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।