भूमे गाउँपालिकाले पूर्ण सरसफाईयुक्त गाउँपालिकाका निर्माण कामलाई तिब्रता दिएको छ । २०७८ सम्ममा गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माण गर्ने रणनीतिक कार्यन्वय गर्ने लक्ष्यका साथ खानेपानी तथा सरसफाई कार्यन्वयन कार्यक्रम अनुसार काम भइरहेको हो ।
पूर्ण सरसफाईका ७ सूचकहरू चर्पीको उपयुक्त प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीको पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाई, व्यवस्थित हात धुने स्थान र घर आगन सरसफाई हुनुपर्दछ ।
पूर्ण सरसफाई गाउँपालिका निर्माण गर्नमा चालु आर्थिक वर्षमा गाउँपालिकाले १६ लाख बजेट विनियोजन गरेको थियो । हाल वडा नम्बर १, २, ३, ६ र ७ नम्बर वडालाई चालु वर्षमा पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्ने अभियानमा गाउँपालिकाले रुकुमेली समाज विकास केन्द्र रुकुमसँगको साझेदारीमा खानेपानी तथा सरसफाई कार्यन्वयन कार्यक्रमको काम भइरहेको छ ।
यी पाँच वडामा १७ वटा टोल विकास संस्था दर्ता गरी सरसफाई अभियानमा सञ्चालित रहेको रुकुमेली समाज विकास केन्द्रका खानेपानी तथा सरसफाई कार्यन्वयन कार्यक्रमका अधिकृत संगम देवकोटाले बताउनुभयो । बाक्लो बस्ती रहेका वडा नं. १ को लुकुम, वडा नं. २ को काँक्री, ३ को सीमा, ६ को महत र ७ को धर्मशालामा अहिले भकारो सुधार, घरमा पालिरहेका सुँगुर÷बंगुर अहिले कम्तिमा तीन सय मिटर टाढा खोर बनाई उक्त ठाउँमा पालिरहेका देवकोटाले जानकारी दिनुभयो ।
यी बाक्लो बस्तीसँग पाँच वडा भित्रका साना टोलहरूमा पनि भकारो सुधार, सरसफाई र सुँगुर÷बंगुर सोही मापदण्ढ अनुसार नै कार्यन्वयनमा रहेका छन् । यस अघि स्थानीयले सरसफाई गर्ने गरेका थिएन । त्यसैले गाउँ नै फोहोर तथा अस्तव्यस्त अवस्थामा रहेको अहिले सफा र सुन्दर गाउँ देखिदै आएकोमा स्थानीय खुसी छन् ।
चालु आर्थिक वर्षमा पाँच वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्ने लक्ष्य रहेकोमा आउँदो १२ गते स्थलगत अनुगमन गरिने भएको छ । र सरफाईका सूचक पूरा भएको आधारमा सरसफाई उन्मुख वडा घोषणा हुने छन् । आगामि आर्थिक वर्षबाट ४, ५, ८ र ९ वडामा पनि सरसफाई कार्यक्रम लागु गरिने गाउँपालिकाले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।