• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो छ रुकुमपूर्वमा प्रदेश सरकारको बजेटः कुन योजनामा कति रकम ?





प्रदेश पाँचको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको विकासका लागि प्रदेश सरकारले झण्डै ६३ करोड बजेट छुट्याएको छ । यसमा स्थानीय तहले पाउने समानिरकण बजेटका कार्यक्रम उल्लेख गरिएको छैन ।


स्वास्थ्य र कृषितर्फ बजेट बढेको छ भने सडक निर्माणमा बजेट घटेको छ । स्वास्थ्यतर्फ भौतिक निर्माण, स्तरोन्नति तथा सेवा थपका लागि झण्डै १४ करोड बजेट छुट्याइएको छ ।

जसअनुसार जिल्ला अस्पताल भवन निर्माणका लागि सबैभन्दा धेरै एघार करोड बजेट छुट्याइएको छ । त्यस्तै अस्पतालहरुको स्तरोन्नतिका लागि साढे दुइ करोड बजेट छ भने अस्पतालहरुमा फिजियोथेरापी सेवा शुरु गर्न दश लाख, इएनटी सेवाविस्तार गर्न ३० लाख र प्रयोगशाला तथा फार्मेसीका लागि ३० लाख बजेट रहेको छ ।


शिक्षातर्फ भूमेमा बहुप्राबिधिक शिक्षालयको भवन निर्माणका लागि एक करोड छुट्याइएको प्रदेश सरकारले सार्बजनिक गरेको बार्षिक बजेटमा उल्लेख छ । रुकुमपूर्वमा प्रदेश प्रहरी इकाइ भवन स्थापना गर्न दुइ करोड बजेट रहेको छ । सडक तथा पुल निर्माणतर्फ झण्डै नौ करोड बढी बजेट रहेको छ । सबैभन्दा धेरै ३५ लाखका सडक योजना छन् । अघिल्लो बर्ष एक करोड बढी पाएका योजनामा पनि यो बर्ष ३५ लाख मात्रै बजेट छ भने केही गत बर्षका योजना छुटेका छन् ।


३५ लाखका दरले बजेट पाएका सडक योजनामा बालुवा–डालिवाङ–सेरावाङ–काँडा–मोराबाङ–सिमा–खावाङ सडक, मुसीकोट कैलदेउ–भुरुङ, खावाङ–क्याङसी–झुम्लाबाङ–राङसी, चुनवाङ–सिमचौर–गर्पा–तीनबहिनी–ओर्दिम, नाइगाड–चारगाउँ–पेल्मा–ढोरपाटन, रुकुमकोट–खोपिचार–कुचिवाङ–दोमै, छिङ–भुरुङ–किटनी, काँडा–दादिङ, गुप्ती दह जोड्ने सडक, कोर्जा भलावट–भैसेलोट्ने दवारे र पिपलपोखरा–प्वाङ–सिस्ने रहेका छन् ।

तकसेरा–कोल–राङसी सडकले ५० लाख पाएको छ भने गैरीगाउँ–डाँडागाउँ–तीनवैनी ट्रेकिङ मार्गले पनि ५० लाख बजेट पाएको छ । चुनवाङको च्याङचुङ–युद्ध संग्रहालय सडकले पन ५० लाख बजेट पाएको छ ।


भौतिक पूर्वाधार सशर्त अनुदानतर्फ सानीभेरी सडक पुलमा ५५ लाख, नामगाढ–अर्चल–मैकोट सडकमा १० लाख, चुनवाङ–महत सडकमा १० लाख र लिफ्ट तथा प्लाष्टिक पोखरी निर्माणमा एक करोड ३० लाख बजेट रहेको छ । लुकुमगाढ पुलमा दुइ करोड बजेट भने सल्लीबिसौनी झोलुंगे पुलका लागि एक करोड छुट्याइएको छ । तिपाइ दोभान झोलुंगे पुलका लागि ६२ र काखोला झोलुंगे पुलका लागि ६३ लाख बजेट छुट्याइएको छ ।

सडक मर्मत र सुरक्षातर्फ दुइ करोड ७ लाख बजेट रहेको छ । सघन सिंचाइतर्फ महतमा ५० लाख, मोराबाङमा ६० लाख, छिपखोलामा २७ लाख, खाराबाङमा ३५ लाख, लाखरखोला, राङसी र सेरावाङमा ४०/४० लाख गरी दुइ करोड ९२ लाख बजेट प्रदेश सरकारले छुट्याएको छ ।

सघन खानेपानीमा एक करोड बढीका योजना समावेश गरिएको छ भने आधारभूत खानेपानीतर्फ नौ करोड बराबरका योजना समावेश गरिएको प्रदेश सरकारले सार्वजनिक गरेको बार्षिक कार्यक्रममा उल्लेख छ ।


शहरी पूर्वाधार विकासतर्फ रुकुमकोट र कोलमा फूटपाथ निर्माणका लाग एक करोड बजेट छुट्याइएको छ । जल उत्पन्न प्रकोप ब्यवस्थापनमा नाथीगाढ खोलामा ३० लाख, नरसिंहागाढ तकसेरामा ३० लाख, मयाङखोलामा ३० लाख, धाउनेबगर पहिरो नियन्त्रणमा ३० लाख, सीमा पहिरो नियन्त्रणमा ३० लाख, धर्मशाला खोला नियन्त्रणमा ३०, जुगेपानी खोला नियन्त्रणमा ३० लाख र आकस्मिक प्रकोप नियन्त्रणमा ७५ लाख गरी दुइ करोड ८५ लाखको बजेट रहेको छ ।


वन्यजन्तु संरक्षणका लागि २२ योजनामा एक करोड बढी बजेट भने भने वनपैदावर जडीबुटी प्रबर्धनमा ३० लाख र औद्योगिक विकासका तालिम तथा प्रशोधनमा ७४ लाखको बजेट छ ।


पर्यटनतर्फ कमलदह देउराली ओडार पदमार्गमा ५५ लाख, ढोरपाटन शिकार आरक्ष प्रवेशद्वारका लागि २५ लाख, तकसेरा पर्यटन वकासमा ५० लाख र गुरिल्ला/यार्सा ट्रेलमा २५ लाख गरी एक करोड ५५ लाखको बजेट छुट्याइएको छ । त्यसैगरी सहकारीमार्फत जडीबुटी उत्पादन, फलफफूलका विरुवा उत्पादन, हरितपार्क निर्माण आदिमा ६१ लाख बजेट छुट्याइएको छ ।
रुकुमपूर्वमा घरेलु तथा साना उद्योग कार्यालयको भवन निर्माणमा २५ लाख र वन कार्यालयको भवन निर्माणमा ५० लाख छुट्याइएको छ ।


रुकुमपूर्वमा कृषि उत्पादन बृद्धि गर्न १० करोड २६ लाख बजेट छुट्याइएको छ । कृषितर्फ तरकारी बाली उत्पादनमा ७७ लाख, कषि स्मार्ट गाउँको क्रमागतमा एक करोड, भेडाबाख्रा मिसनमा एक करोड, मध्यपहाडी लोकमार्गलक्षित मासु उत्पादनमा ५० लाख र फलफूलका विरुवा उत्पादनमा ४० लाख बजेट रहेको छ । कृषिको स्रोत तथा प्रबिधि विस्तारमा ९० लाख बजेट छ ।

त्यस्तै अर्गानिक आलु प्रबर्धनमा ५० लाख, अर्गानिक कागती सुन्तला र स्याउ प्रबर्धनमा एक करोड, गोठ सुधारमा एक करोड ८० लाख, सडक आसपासमा अर्गानिक तरकारी उत्पादनमा ५० लाख, ब्लक विकासमा ६९ लाख, अर्गानिक मल उत्पादनमा ७० लाख, गैससमार्फत सहयोग कार्यक्रममा २५ लाख, अर्गानिक मकै उत्पादनमा २५ लाख बजेट छ ।

Facebook Comments