रोल्पा थबाङ गाउँपालिका वडा नम्बर १ र २ साविकको थबाङ गाविस भित्र पर्ने हाल कुनै पनि पार्टीमा आवद्धता नभएका पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्धन्द्ध पीडित बेरोजगार संघ गठन गरिएको छ ।
पूर्वजनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्धन्द्ध पीडितले स्वतन्त्र पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्धन्द्ध पीडित बेरोजगार संघ नामकको बिहीबार थबाङ १ चलाबाङमा बेला भई उक्त संघ गठन गरिएको हो ।
पूर्व जनवादी कलाकार हिकमत झाँक्री मगरको अध्यक्षतामा ३१ सदस्ययी स्वतन्त्र पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्धन्द्ध पीडित बेरोजगार संघ गठन भएको गोविन्द बिकले बताउनुभयो । संघको उपाध्यक्षमा सुनिलकुमार बिक, कोषाध्यक्षमा अर्पना बिक, सचिवमा प्रकाश बुढा र सहसचिवमा दिलकुमार पुनलाई चयन गरिएकोमा सात सदस्ययी संघको सल्लाहकार समिति समेत गठन गरिएको बिकले जानकारी दिनुभयो ।
तत्कालिन जनयुद्धमा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका हाल कुनै पनि पार्टीमा आवद्धता नरहेका स्वतन्त्र संघ गठन गरेका हुन् । समाज परिवर्तनमा तत्कालिन नेकपा माओबादी पार्टीबाट योगदान पुर्याउने क्रममा हाल उक्त पार्टी निकटले नहेरको र स्वतन्त्र पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता, द्धन्द्ध पीडित बेरोजगार संघ गठन मार्फत आफै रोजगारी खोज्ने, द्धन्द्ध पीडितको आवज उठाइदिने, भ्रष्टचार विरुद्ध लड्ने र दीन, दुखी तथा बेरोजगार पक्षमा काम गर्ने उद्देश्यले उक्त संघ गठन गरिएको बताइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।