• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्वारेन्टाइनमै विवाह, मास्क लगाएरै हालियो सिन्दुर





भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जोडीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछी क्वारेन्टिनबाटै विबाह भएको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको परिवारको सहमतीमा विवाह गरिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिए । ‘भारतबाट आएर क्वारेन्टिनमा बस्नु भएको थियो । मायाँ प्रेम र चिनजान भारतमै भएको रहेछ’उनले भने–‘क्वारेन्टिनमा बसेको बेलामा घर परिवारको सल्लाहमा जोडीको विबाह भयो ।’


क्वारेन्टिन नजिक वर, पिपलको रुखमुनी बैवाहीक कार्यक्रम गरिएको र नव जोडी अहिले घरमा बसेका छन् ।

‘एक हप्ता सम्म अलग अलग बस्न भनिएको छ’उनले भने–‘क्वारेन्टिनमा बसेका मध्य चार जनाको रिपोर्ट पोजेटिभ आएपछी उहाँहरुलाई एम्बुलेन्स मार्फत आइसोलेशनमा लगियो भने, रिपोर्ट नेगेटिभ आएको जोडीको विबाह गरेर घर जानु भयो ।’ विबाह बन्धमा बाँधिएका पुरुष २३ बर्षका र महिला २१ बर्षका रहेका छन् ।

Facebook Comments