गङगादेव गाउपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा बसेको गाउकार्यपालिकाको बैठकले गङगादेव गाउपालिका रोल्पामा कार्यरत सबै कर्मचारी र शिक्षको १० दिनको तलब कट्टी गरेर कोरोना बिपत व्यवस्थापन कोषमा जम्मा गर्न लगाउने निर्णय गरेको छ ।
गाउपालिकाले क्वारेन्टाइनमा बसेका नागरिकको खाद्यान्न व्यवस्थापन ,चेक जाँच र औषधि उपकरण खरिद ठुलो मात्रामा बजेट खर्च हुने भएको हुदा तलब कट्टी गरेर कोरोना कोषमा जम्मा गर्नु परेको गाउपालिका अध्यक्ष वीर बहादुर खत्री बताउनु भएको छ ।
शिक्षकको तलब निकासा भैसकेकोले गाउपालिका शिक्षा शाखाले गाउपालिका भित्रका ३९ वटै विद्यालयलाइ सबै शिक्षको१० बराबरको तलब कट्टी गरेर कोरोना बिपद कोष खातामा जम्मा गरेर सक्कली भौचर शाखामा बुझाउन पत्राचार गरेको शिक्षा शाखा प्रमुख शेर बहादुर डागिले जानकारी दिनु भएको छ ।
यसै बिच गाउपालिकाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वयंसेवकलाई मासिक १८ हजारका दरले सेवा सुबिधा दिने निर्णय गरेको छ । गाउपालिकाका ७ वटै वडामा ३/३ जना स्वयंसेवक राखिएको छ ।
यस्तै गङगादेव गाउपालिका रोल्पाको अध्यक्ष रनिङ सिल्ड प्रतियोगितामा लगातार ३ पटक बिजेता बन्न सफल जीवन ज्योति मा.बि देवल टाकुरा राक रोल्पालाई ५ लाख पुरस्कार दिने निर्णय गरेर कार्यपालिका बैठक सम्पन्न भएको गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।