• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश पाँचमा संक्रमित संख्या १५१९, ५४६ जना घर फर्के




प्रदेश ५ मा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय १९ पुगेको छ । देशभरि पाँच हजार तीन सय ३५ जना संक्रमित भेटिदा प्रदेश ५ मा एक हजार पाँच सय १९ पुगेको हो ।


प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने नौ सय ६७ जनाको उपचार भइरहेको छ । यो प्रदेशका चार आइसोलेशन अस्पताल र ८७ आइसोलेशन सेन्टरमा संक्रमितको उपचार भइरहेको छ । दाङ र बाँकेमा एक एक तथा रुपन्देहीमा चार वटा आइसोलेशन अस्पताल छन् ।

यी चार अस्पतालमा ९० जना र आइसोलेशन सेन्टरमा आठ सय ४४ जनाको उपचार भइरहेको छ । अन्य ४८ अस्पतालमा चार ९५ बेडको ब्यवस्था गरिए पनि ती अस्पतालमा १६ जनाको मात्रै उपचार भइहरेको छ । संक्रमितमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने तीन जनाको आइसियूमा राखेर उपचार भइरहेको छ ।


यो प्रदेशमा क्वारेन्टाइनमा रहनेको संख्या भने घटेको छ । भारतमा आउने लहर चलेको बेला ४५ हजारसम्म पुगेको थियो । तर, अहिले २९ हजार छ सय ८५ जना मात्रै क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा बसेकाहरुको कोरोना जाँच भने निकै ढिलो गरी भइरहेको छ ।

२७ हजार सात सय ४१ जनाको स्वाब संकलन गरिएकोमा २० हजार पाँच सय ५८ जनाको परीक्षण गरिएको छ भने सात हजार एक सय ८३ जनाको परीक्षण हुन बाँकी छ । आरडिटी भने ५१ हजार आठ सय ७१ जनाको जाँच गरिएको छ ।

संक्रमितको जिल्लागत विवरण
कपिलबस्तु- ६३४

बाँके- ३१४

रुपन्देही- २१३

दाङ- ९६

बर्दिया- ८२

नवलपरासी- ४६

अर्घाखाँची ३८

रोल्पा- ३४

प्युठान- २४

पाल्पा-२२

गुल्मी- १३

रुकुमपूर्व-३ जना 

Facebook Comments