• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा अनलाइन कक्षा शुरु




राप्ती इञ्जिनियरिङ कलेजले अनलाइन कक्षा संचालनको तयारी शुरु गरेको छ । कलेजका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको इमेल आईडी निर्माण गरिएको छ । माइक्रोसफ्ट कम्पनीले शिक्षक, कमचारी तथा विद्यार्थीहरुका लागी ५० हजार आईडी उपलब्ध गराएको छ ।

प्रत्येकले इमेल आईडी, ५० जिवी इपेस, १ टिबी स्टोरेज उपयोग गर्न पाउने व्यवस्था गरिएको छ । माइक्रोसफ्ट अफिस तिनसय पैसठी अन्तर्गत एमएस टिम्स लगाएत १६ वटा विभिन्न टुल्ससमेत प्रयोग गर्न पाउनेछन् । एमएस वर्ड, एमएस एक्सल र एमएस पावरप्वाइट वेब भर्सनमा प्रयोग गर्न पाउनेछन् ।

विद्यार्थीहरुलाई व्यवहारिक तथा प्रभावकारी शिक्षण गर्नका लागि कलेजले अनलाइन कक्षा संचालनको लागि सम्पूर्ण तयारी पुरा गरेको कलेजका प्रिन्पिसल रेशम गिरीले जानकारी दिनुभयो ।

कलेजले पोखरा विश्वविद्यालयबाट सम्वन्ध प्राप्त गरी बिई सिभिल र विसिए कार्यक्रम संचालन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी डिप्लोमा ईन कम्प्युटर इञ्जिनियरिङ, अमिन, सिभिल सवओभरसियर र इलेक्टीकल सवओभरसियर कार्यक्रमहरु संचालनमा रहेकाछन् ।

Facebook Comments