• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्वारेन्टाइनमा बसेकाहरु मर्मत र सरसफाईमा




रुकुम पश्चिम क्वारेन्टाइनमा समस्या छ । व्यवस्थापन पुगेन । अरु अरु कारण देखाउँदै क्वारेन्टाइनमा बस्न नमान्नेको संख्या धेरै छ ।

कति त भागेका पनि समाचार आइरहेका छन् । तर यहाँको एक क्वारेन्टाइनमा बसेकाहरु भने कामकाजमा लागेका छन् । बाँफिकोट गाउँपालिका २ नम्बर वडाको क्वारेन्टाइनमा बसेकाहरुले विद्यालयको बाहिरी वातावरणको सरसफाई तथा मर्मतको काम गरिरहेका छन् ।

क्वारेन्टाइनमा बसेका तिलक खत्रीका अनुसार विद्यालयका खानेपानी ट्याङ्की, शौचालय, विद्यालय प्रवेश गर्ने सिढि बनाइएको छ । विहीबार र शुक्रकार गरेर उक्त काम गरिएको खत्रीले जानकारी दिनुभयो । यत्तिकै बस्नु भन्दा विद्यालयको सरसफाईमा लागेको उहाँको भनाई छ ।

शौचालयको प्यानमा राखेका ढुङ्गा निकाल्ने, वरीपरीको फोहोर फाल्ने काम गरिएको छ । तिलक सहित भीमबहादुर खत्री, पशुपति पौडेल, भीमबहादुर खत्री, कैलाश पौडेल, लालबहादुर खत्री, बुद्धि खत्री, नलबहादुर खत्री, जितबहादुर नाथ, अविरल गुरुङ लगायत २१ जनाको टोली सरसफाईमा लागेको छ । २ नम्बर वडाको क्वारेन्टाइन जनकल्याण माविमा बनाइएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुले समयको सदुपयोग गरेर विद्यालयको सरसफाई गरेको वडाध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो । क्वारेन्टाइनलाई नै समस्या देख्नु भन्दा त्यसलाई सदुपयोग गर्न सकिन्छ भन्ने उदाहरण यस पटक क्वारेन्टाइनमा बसेकाहरुले देखाएको र यसले धेरै राम्रो सन्देश गएको वडाध्यक्ष खत्रीको भनाई छ ।

Facebook Comments