कोरोना झोखिममा कारण रक्तसञ्चार केन्द्र घोराहिमा रगतको अभाब भएपछी लक्ष्मिपुर युबा क्लब घोराही -४ लक्ष्मिपुरले रक्तदाता दिबशको अबसरमा रक्तदान कार्यकम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । क्लबका उपाध्यक्ष हिमाल पौडेलले सुरुवात गर्नु भएको रक्तदान कार्यक्रममा खेमराज भन्डारी , सोभाराम भन्डारी , डिल्लिराज भन्डारी , सुदिप भन्डारी , कमल प्रसाद भन्डारी , बसन्ता भन्डारी , थानेस्वर भण्डारी , सन्तोश भन्डारी, केशब रिजाल, प्रकाश रिजाल , प्रदिप रिजाल , भरत देबकोटा,पदम प्रसाद घिमिरे, दर्शना परियार , बिपिन खनाल , शनि खनाल , काशिराम महरा , दिलिप आचार्य , थम बहादुर डागी , गिरिराज न्यौपाने , शरद लम्साल , लोकराज अधिकारि भेसराज पौडेल , शिशिर आचार्य निरज पाण्डेयले रक्तदान गरेका थिए ।

उक्त कार्यममा ४ न वडा अध्यक्ष भिम बहादुर शार्किको विशेष उपस्थिती रहेको थियो कार्यक्रममा क्लबका सहसचिब खेमराज भण्डारिले रक्तदाताहरुलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो भने रक्तदान कार्यक्रम रक्तदान गर्ने रक्तदाता हरुलाइ घोराही ४ का समाजसेवी मुनाल घिमिरेले जुस र घोराही ४ का समाजसेवी नारायण जिएम क्लबको ब्यानर सौजन्य गर्नु भएको क्लबका अध्यक्ष पंकज आचार्यले जानकारी दिनु भएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
