कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरु शुद्धोधन गाउँपालिकाद्वारा संचालित दुर्गादेबी आधारभूत विद्यालयको आईसोलेसनमा पुगेर आयुर्वेद तथा बैकल्पिक चिकित्सासम्बन्धी ज्ञान दिएका छन् ।
आइसोलेसनमा आयुर्वेद चिकित्सक डा. बिजय भुर्तेलको नेतृत्वमा आयुर्वेद स्वास्थ्यकर्मीको समूह पुगेको हो । सो टीमले आईसोलेसनमा रहेका १९ जना कोरोना संक्रमित र तीनजना आरडिटी पोजेटिभ देखिएका गरी २२ जनालाई तनाब ब्यबस्थापनको लागि योग तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि आयुर्वेद औषधिहरु गुडुची चुर्ण, त्रिकटु चुर्ण, आमलकी चुर्ण, अस्वगन्धा चुर्ण बितरन गरिएको छ ।
तनाब ब्यबस्थापनको लागि दैनिक योग अभ्यास गराउन विठुवा आयुर्वेद औषधालयलाई जिम्मेवारी दिइएको डा. बिजय भुर्तेलले जानकारी गराउनुदिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।