प्रदेश ५ मा सबैभन्दा धेरै व्यक्ति क्वारेन्टाइनमा रहेको भए पनि पिसिआर परीक्षण भने कम मात्रामा भइरहेको छ । दाङ, बाँके र रुपन्देहीमा रहेका तीन प्रयोगशालामा अहिलेसम्म १७ हजार दुइ ६२ जनाको मात्रै परीक्षण गरिएको छ ।
जसमा एक हजार एक सय दुइ जना संक्रमित भेटिएका छन् भने १६ हजार एकसय ६० जनाको नतिजा नेगेटिभ आएको छ । अहिलेसम्म सालाखालामा जाँच गरेकामध्ये पाँचदेखि सात प्रतिशतसम्म संक्रमित देखिने गरेका छन् । तीनवटा प्रयोगशालामा दैनिक एक हजारको संख्यामा परीक्षण भइरहेको छ ।
प्रदेशका १२ जिल्लामा गरी आइतवार साँझसम्म ३८ हजार ६२ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुमध्ये २३ हजार एक सय ३३ जनाको स्वाब संकलन गरिएकोमा १७ हजार दुइ सय ६२ जनाको नतिजा आएको छ भने पाँच हजार आठ सय ७६ जनाको नतिजा आउन बाँकी छ । यो प्रदेशमा डिस्चार्ज हुनेको संख्या भने बढेको छ ।
आइतवार थप बीस जना डिस्चार्ज हुँदा घर फर्कनेको संख्या १४४ पुगेको छ । यद्यपि दाङबाट डिस्चार्ज भएका पाँच जनालाई भने कोरोना पोजेटिभ भएकै बेला घर पठाइएको भन्दै जनस्तरबाट बिरोध भइरहेको छ ।
यो प्रदेशमा बाँके, गुल्मी, पाल्पा र अर्घाखाँचीमा गरी चार जनाको मृत्यु भइसकेको छ भने दाङमा आइवार भारतमै मृत्यु भएर ल्याइएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यद्यपि उनको निधन भारतमै भएकाले नेपालको तथ्यांकनमा गणना हुने छैन ।
प्रदेशभरिका आइसोलेशन अस्पताल र सेन्टरमा ८४८ जनाको उपचार भइरहेको भए पनि अधिकांशको अवस्था सामान्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीन जनालाई मात्रै आइसियूमा राखेर उपचार भइरहेको छ । यो प्रदेशका १२ वटै जिल्लामा कोरोना पुगेको छ । आइतवार रोल्पामा पनि तीन जना संक्रमित भेटिएका छन् ।
संक्रमितको जिल्लागत विवरण
कपिलबस्तु जिल्लामा ५५०
बाँके जिल्लामा २७०
रुपन्देही जिल्लामा ११४
दाङ जिल्लामा ७६
बर्दिया जिल्लामा ४२
नवलपरासी जिल्लामा २१
पाल्पा जिल्लामा ८
गुल्मी जिल्लामा ६
अर्घाखाँची जिल्लामा ५
प्युठानमा ४ जना
रुकुमपूर्वमा ३ जना
रोल्पामा ३ जना
क्वारेन्टाइनमा बस्नेको संख्या
दाङ ५६६४
प्युठान ५५५२
बाँके ३६९५
बर्दिया ४९५५
रुपेन्देही २१६०
कपिलवस्तु २२१५
नवलपरासी ८५९
गुल्मी ४२२७
पाल्पा २०१६
अर्घाखाची ४३१६
रोल्पा २१४४
रुकुमपूर्व २६९
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।